दुनियाँ

bool(false)

दुखी छु, तर रुन्न
खुशी छु, तर हाँस्दिन
पैसा छ, तर मास्दिन
फोटो छ, तर टाँस्दिन
दुनियाँ तँलाई
म माथि राख्दिन।

उत्सव छन् , तर जान्न
भोजन छन् , तर खान्न
तेरा गालीले दुख्दिन,
तेरा प्रशंसाले फुल्दिन ।

भै गो तेरो केहि पनि चाहिएन मलाई
न म तेरो हुँ
न तँ मेरो होस्
दुनियाँ ! म पर्वाह गर्दिन।

दे ! भनेर माग्दिन
दिइनस, गुनासो गर्दिन
म बिना तँ बाँच्छस् भने
तँ बिना म बाँच्दिन ?
म हावा हूँ हावा !
तेरो मुठीमा अट्दिन ।

भन्लास् - रिसाइस्
भन्छु - रिसाएको छैन।
भन्लास् - "पछि लागिस्"
भन्छु - लागेको छैन।
जे ठान् साला दुनियाँ मलाई
तेरो केहि पनि चहिएन।

दुनियाँ ! तँ मलाई बुझ्दैनस
म त ट्रान्जिट प्यासेन्जर हूँ।
तँ मेरो गन्तब्य होइनस्।

 

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस