सिड्नीमा रचना वाचन

३० जनवरी, २०१७

रचना वाचनले सिड्नीमा गएको आइतवार केही लेखकहरूलाई रचना वाचन गर्न लगायो । पहिलो श्रृंखलाका लागि गजलकारहरू देव पाठक, निरज जोशी, विज्ञान कँडेल, गणेश गौतम, रिमेन आलोक र सजल नयनले लाई निम्त्याइएपनि स्वेता मैनाली, डा. प्रकाश पौडेल, दुर्गा रिमाल, जिनेन्द्र मल्ल, विश्णु प्रसाद अधिकारी र बुद्धिसागर दवाडी लगायतका लेखकहरूले पनि कार्यक्रमको अन्त्यमा रचना वाचन गरेका थिए ।

कार्यक्रमको संचालन लेखक सुरेन्द्र दवाडी गरेका थिए । कार्यक्रममा वाचन गरिएका रचनाहरू रचनावाचनको युट्युव च्यानलमा अपलोड गरिने जानकारी रचनावाचनका संयोजक गोपी दवाडी दिएका छन् ।

भिडियोः गजल वाचन गर्दै देव पाठक

पाठकको प्रतिक्रिया