बोनमकी आमालाई साताको साहित्य पुरस्कार हस्तान्तरण

०३ डिसेम्बर, २०१६

साताको साहित्य डटकमले हरेक बर्ष प्रदान गर्दै आइरहेको साताको साहित्य पुरस्कार-२०१६ वितरण गरिएको छ । रोजगारीका क्रममा दक्षिण कोरिया बस्दै आइरहनु भएका कवि बोनम प्रतापलाई यो पुरस्कारका लागि छनोट गरिएको थियो । उन्को अनुपस्थितिमा आमा साबित्रा मल्ल ठकुरीलाई साताको साहित्य डटकमका कार्यकारी सम्पादक सुमन घिमिरेले प्रदान गर्दै साताको साहित्य डटकमका कार्यकारी सम्पादक सुमन घिमिरेले २० हजार राशीको नगद पुरस्कार प्रदान गर्नुभएको हो ।

पुरस्कार वितरण कार्यक्रममा कवि एल बि क्षेत्रीले बोनमकी आमा लाई सम्मानपत्र र प्रमुख अतिथि मनु मन्जिलले दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो । पूर्वाण्चल साहित्य प्रतिष्ठानको आतिथ्यमा स्रस्टाकै भूमी बिराटनगर स्थित डा. बिमला श्रेष्ठ सभाकक्ष भृकुटीचोकमा सो कार्यक्रमको आयोजना साताको साहित्यले गरेको हो । कार्यक्रममा उपस्थित दर्जनौं स्रस्टाले रचना वाचन गरेका थिए । परिवारलाई राजधानी वा अन्य शहरमा आउन पर्दा हुनसक्ने कठिनाइलाई ख्याल गर्दे, विराटनगरमै गएर पुरस्कार वितरण गरिएको हो ।

तस्विर: लेखाराम सापकोटा

पाठकको प्रतिक्रिया