गजल

लेखक
सागर अजनबि
नाम : सागर अजनबि
  सागर अजनबिका रचनाहरू



आसुँ दिएर तिमी हाँसोस भन्ने चाहन्छौ
जिवनमा खुशीले बाँचोस भन्ने चाहन्छौ

आज देखि तिमी त अर्काकी बन्दै छौ रे 
तिम्रो विवाहमा नै नाचोस भन्ने चाहन्छौ

पिडा हरु सँग खेल्न थाले दुखले म त 
खुशीका बहार नै आओस भन्ने चाहन्छौ

गन्तब्य बिहिन भो यात्रा मेरो एक्लै त
सफलताले माथि जाओस भन्ने चाहन्छौ

बाध्यताले टाढा भयौ माया छँदा छँदै
'सागर'ले मायालु पाओस भन्ने चाहन्छौ

झापा,नेपाल

पाठकको प्रतिक्रिया
अन्य गजलहरू