मुख्य पृष्ठ » कविता » लोकतन्त्र

लोकतन्त्र

ती पालैपालो आए

अङ्कमाल गरे, फकाए
म्वाइ खाए
बाचा गरे
तिनले सम्भोग गरे
यति गहिरो स्पर्श गरे कि
आहा.....! म के भनौँ
मलाई लाग्यो
त्यही नै हो जिन्दगी
त्यही नै हो मुक्ति

तर तिनले छाडे अनि गए

त्यसपछि जब म
गाईबस्तु, पकाइ—धुलाइको
दैनिकीमा फर्किएँ
जिन्दगी पहिले जस्तै
बिहान चार बजे शुरु हुन्थ्यो
र राति दश बजे रोकिन्थ्यो

बैँश चाउरिएपछि बुझ्दैछु
मेरो निर्दोषपनमाथि
तिनले जीवनभर
लोकतान्त्रिक वीर्यपात गरेछन्
मेरो सर्वस्व हरेछन् !



लेखकको पहिलो कविता संग्रह ‘रवीन्द्र मिश्रका कविता’ हालसालै सार्वजनिक भएको छ ।

पाठकको प्रतिक्रिया
अन्य कविताहरू