गजल

जिन्दगीलाई अनौठो पीर छोडेर
एउटा मुटु बिनाको शरीर छोडेर


थाहै नदिइ कोही गएछ दिलैबाट
सुटुक्क सिरानमा तस्विर छोडेर


कैयौँ छालहररू तर्किएर गए यसै
किनारामा एक्लो फकीर छोडेर


हारगुहार कसैको सुन्न छाडेको छ
शायद ईश्वर हरायो मन्दिर छोडेर


सधैँ निर्जन पाखोलाई प्रेम गर्नेले
कहाँ मैदान रोज्छ र ? भीर छोडेर

मोरङ

पाठकको प्रतिक्रिया
अन्य गजलहरू