गजल

लेखक
प्रकट पगेनी'शिव'
नाम : प्रकट पगेनी'शिव'
  प्रकट पगेनी'शिव'का रचनाहरू

तप्प तप्प जल विन्दु चुहाएर के निस्कियौ 
स्नीग्ध, कोमल कंचन आहा नुहाएर के निस्कियौ 

भाग्यमानी रै'छ साबुन फिँजै फिज भई बरालियो 
जुन साबुनलाई अंग अंग छुवाएर के निस्कियौ

पानी पनि आगो बन्छ कामदेवको आशिष पाए 
जुन पानीमा यस्तो रुप डुबाएर के निस्कियौ 

घामको कुरा नगरौं भो,टाँसियो घाम त्यै लुगामा 
जुन लुगालाई भर्खर तिम्ले सुकाएर के निस्कियौ 

त्यही गाँठोमा गाँठो पार 'प्रकट'लाई ओ रुपसी 
जुन गाँठोमा कोमल अंग लुकाएर के निस्कियौ !

पाठकको प्रतिक्रिया
अन्य गजलहरू