गजल

भगवान् माथि गतिलो भर राखेकी छिन्
अनि मूलबाटोमा दुवै नजर राखेकी छिन्

बेपत्ता बहिनीको हुलिया हेर्न आऊ
आमाले सन्दुकमा घाँघर राखेकी छिन्

अलिकति किताब र युग पढाउन
हजुरआमाले नाति शहर राखेकी छिन्

रातो माटोमा नङले कोपरेर उनले
भित्तामा परदेशीको नम्बर राखेकी छिन्

दिल चोर्नेहरू पनि वाल्मीकि बन्लान् भनेर
अमलाले प्रेमीको नाम रत्नाकार राखेकी छिन्

पाठकको प्रतिक्रिया
अन्य गजलहरू