मुख्य पृष्ठ » कविता » हामी बहादुर

हामी बहादुर

लेखक
सरुभक्त
नाम : सरुभक्त
  सरुभक्तका रचनाहरू

उहिलेउहिले
बाइसेहरू थिए
चाैबीसेहरू थिए
हामीले बहादुरी देखायाैं
राष्ट्रनिर्माणकालागि
त्यसपछि
हामीले बहादुरी देखायाैं
राष्ट्रविस्तारकोलागि
त्यसपछि
पहिलो विश्वयुद्ध भयो
हामी बहादुर नै कहलियाैं
दोस्रो विश्वयुद्ध भयो
हामी बहादुर नै कहलियाैं
र , अहिले पनि हामी
बहादुर कहलिएकै छाैं--
"बहादुर जरा नीचे देखो तो
काैन अाया है ? "

 

पाठकको प्रतिक्रिया
अन्य कविताहरू