गजल


बचपन फोहोरको बोरामा बित्यो
जवानी अरबको बालुवामा बित्यो

कायर राजधानीमा सरकार चलाउछ
एउटा सिपाही सिमानामा बित्यो

जति समय जिन्दगी बुझ्दा बितेन
त्यति समय तिम्रो आँखामा बित्यो

मन हेरेर मैले तिमिलाइ मन पराए
तिम्रो मनचाहिँ भने पैसामा बित्यो

बेपत्ता छोराको सनाखत अझै भएन
आमाको बुढेसकाल फैसलामा बित्यो


दामन, मकवानपुर

पाठकको प्रतिक्रिया
अन्य गजलहरू