झ्याल

लेखक
सुरेन्द्र दवाडी
नाम : सुरेन्द्र दवाडी
  सुरेन्द्र दवाडीका रचनाहरू

अलिकति उज्यालो आओस् भनेर
अलिकति बतास छिरोस् भनेर

भित्रबाट बाहिर हेर्न भनेर
राखेको घरको झ्यालबाट
जब छिर्छन् हुरी बतास
जब छिर्छन् असिना

जब छिर्छन्
नछिरिदिए हुन्थ्यो जस्तो लाग्ने आँखाहरु,
अनि
बन्द गरिरहन मन लाग्छ घरको झ्याल।

पाठकको प्रतिक्रिया
अन्य कविताहरू