मुख्य पृष्ठ » कविता » चिया पिइसकेर उसको घरबाट हिँड्ने बेलामा

चिया पिइसकेर उसको घरबाट हिँड्ने बेलामा

आज, मेरो हजुरको
दशनार्थ–धृष्टता गरौँ कि भनेर
यी– यसरी गुण्डिएर आएको थिएँ ।

आज, मेरो हजुरको
सेवार्थ के के भनौं कि भनेर
यी –यसरी झुण्डिएर आएको थिएँ ।

शिष्टताको निम्ति साधुवाद
चियाको निम्ति धन्यवाद ।

अरु के भनौं ..........
सब बिर्सिएँ, जे जे भनौं भने आएको थिएँ ।


हेर्नुहोस् ..... .... ....
यी आँखामा जो लजाइरहेका तस्बीर थिए
मेरो हजुरकै हुन् कि भनेर चिन्हाउन आएको थिएँ ।

 

 

पाठकको प्रतिक्रिया
अन्य कविताहरू