मुख्य पृष्ठ » कविता » बेरोजगार देश

बेरोजगार देश

लेखक
जयन्ती पौडेल
नाम : जयन्ती पौडेल
  जयन्ती पौडेलका रचनाहरू

मेरो बेरोजगार देश
भोकै उभिएको छ
नाङै उभिएको छ 

रोजगार नेताहरु
ऋण खाईरहेका छन् 
छिमेकीहरु 
ब्याज असुलिरहेछन् सिमानामा 

केबल एक टुक्रा राष्ट्रिय झण्डाले 
लाज लुकाएर उभिईरहेको छ मेरो देश
भोकै भए पनि 
नाङै भए पनि 

राजधानीका रोजगार नेताहरु
मेरो देशका होईनन् भन्दै 
एक्लै सिमाना कुरेर बसिरहेको छ मेरो देश 
भोकै भए पनि 
नाङै भए पनि

-पोखरा

पाठकको प्रतिक्रिया
अन्य कविताहरू