गजल

लेखक
पार्वती पहारी 'तुफान'
नाम : पार्वती पहारी 'तुफान'
  पार्वती पहारी 'तुफान'का रचनाहरू

पहिलो चोटि दु:खी पारु आफन्तमै घात हुँदा
दोस्रो चोटि दु:खी पारु मध्यान्ह मै रात हुँदा

साथी संगी स्वार्थी भेटी जीवन जगत भिन्न भेटी
तेस्रो चोटि दु:खी पारु कसम झुट्टा बात हुँदा

सबै समान मानवहरु धरती पनि साझा भन्थी
चौथो चोटि दु:खी पारु सानो ठूलो जात हुँदा

हाँगा हाँगा फुल्छु भन्थी डाली डाली हाँस्छु भन्थी
पाँचौ चोटि दु:खी पारु फूल हुँ भन्ने पात हुँदा

बिताउन पाइन कठै सोचे जस्तो जिन्दगीलाई
पटक पटक दु:खी पारु दीपमाथि बर्षात हुँदा

पाठकको प्रतिक्रिया
अन्य गजलहरू