गजल



गोधुलीको आकाश भेट्नु भयो भने

हिउँको सेतो कपास भेट्नु भयो भने

 

सम्झनुस् त्यो मेरो देश हो 

सँधै मधुमास भेट्नु भयो भने 

 

पसिनाको रंग सोध्न  नभुल्नुस्

चौतारीको बतास भेट्नु भयो भने 

 

औँला उठाउनुस् मेरो देशमा 

अशान्तिको बास भेट्नु भयो भने

 

ती मेरा बा—आमा हुन्, चिन्नुहोस

अनुहारमा हतास भेट्नु भयो भने

 

त्यो पानी पनि मेरै हो, उ बग्दा

संगीतको आभास भेट्नु भयो भने 

पाठकको प्रतिक्रिया
अन्य गजलहरू