पाठक

  
जे छ यो संसारमा

जस्तो कि बग्दै गरेको नदीमा गहिरो आवाज

जस्तो कि बहदै गरेको हावामा संगीत

जस्तो कि

भुस्सा काटिरहेको किसानको हातमा मेहनत

जस्तो कि गहुँको दानामा भरिँदै गएको सुगन्ध 

जस्तो कि रोटि सेक्दै गरेकि आमाको हातको  

औँला औँलामा प्रेम 

जस्तो कि कुची चलाउदै गरेको चित्रकारको आँखामा भरिएको रङ्ग

जस्तो कि सफेद कागज र कलम लिएर बसेको लेखकको

मस्तिष्कमा बग्दै गरेको शब्दको नदी

सबै छ पुस्तकमा पाठकको लागि 

 

मैले त्यो पुस्तकलाई  देखेको थिए

एक स्त्रीको आँखाको भित्र

छोएका थिए त्यहि पुस्तकबाट बगेका असंख्य नदीहरूले

र बनाएको थियो प्यासै प्यासको सागर 

प्रेम गनु भनेको त सिर्फ पाठक हुनु न रहेछ

जिन्दगी पुस्तकको ।

 

लमजुङ, बाँहुनडाडा

पाठकको प्रतिक्रिया
अन्य कविताहरू