हाम्रो बारेमा

सन् २००९ बाट हामीले विनापूर्वाधार ‘साताको साहित्य’लाई एउटा ब्लगको रूपमा प्रकाशित गरेका थियौँ । पाठकहरूले दिनहुँ रचनाहरू सम्प्रेषण गरिरहँदा यसलाई ब्लगबाट वेभसाइटको रूपमा विस्तार गर्ने महत्त्वकाङ्क्षा जाग्यो । ‘साताको साहित्य’सँग संलग्न सबैको सल्लाह र सहयोगपश्चात् हामी यहाँ उपस्थित भएका हौँ । सन् २०११ अगष्टमा सिड्नीबाट हामीले ‘साताको साहित्य’लाई वेभसाइटमा रूपान्तरण गर्यौँ । अस्ट्रेलियाका लागि तत्कालीन नेपाली राजदूत योगेन्द्र ढकालले वेभसाइट उद्घाटन गर्नुभएको थियो ।

यसलाई विनापूर्वाग्रह उत्कृष्ट साहित्यिक रचनाहरूको सँगालोको रूपमा विस्तारित गर्दै जाने हाम्रो चाहना छ । यसमा तपाईंहरूका सुन्दर रचनाहरूको सहभागिता सधैँ जस्तै महत्वपूर्ण रहनेछ । यसमा प्रकाशनार्थ रचना छनोटको आधार रचनाको स्तर हुनेछ । लेखकहरूलाई नयाँ सिर्जना गर्न उत्प्रेरणा मिलोस् भन्ने उद्देश्यले अप्रकाशित एवम् नवीन रचनाहरूलाई प्राथमिकता दिँदै आएका छौँ । ‘साताको साहित्य’ले ‘विशेष साहित्य’का रूपमा केही पूर्वप्रकाशित तर सदाबहार महत्त्वका रचनालाई पनि स्थान दिँदै आएको छ ।

यसमा प्रकाशित रचना एक सातासम्म मुख्य पृष्ठमा रहनेछन् । त्यसपछि मितिको आधारमा तिनलाई खोजेर पढ्न सकिनेछ । नयाँ रचना स्वतः ‘साताको साहित्य पुरस्कार’का लागि सिफारिस हुनेछन् । तर, ‘विशेष साहित्य’ का रूपमा प्रकाशित रचना भने ‘साताको साहित्य पुरस्कार’का लागि समावेश गरिनेछै 

 

 

आभार :

डिला खरेल ले स्व-इच्छाले साताको साहित्य पुरस्कारको स्थापना वर्ष देखि नै  "साताको साहित्य पुरस्कार" लाइ प्रायोजन गर्ने जिम्मा लिएका हुन् | डिला खरेल इनोभेटिभ एसोसिएट्स का निर्देशक हुन् | पेशाले एकाउन्टटेन्ट तथा वित्तीय परामर्श सेवामा संलग्न खरेल,लेखन र साहित्यमा रूचि राख्छन् | प्रवास मा रहेर पनि विविध परोपकारी र सामाजिक कार्यमा सक्रिय खरेल र उनको संस्था प्रति साताको साहित्य परिवार निकै कृतज्ञ छ |

Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस