शङ्कर लामिछाने
शङ्कर लामिछाने(जन्म वि. सं १९८४ चैत ५ - मृत्यु वि. सं २०३२ माघ १०) चर्चित नेपाली निबन्धकार हुन् । चेतनप्रवाह शैलीलाई नेपाली निबन्धमा भित्र्याउने श्रेय उनैलाई दिइन्छ । लामिछानेका प्रयोगशील निबन्धमा बौद्धिकताको प्रखर चेत पाइन्छ । उनले आफ्नो समयमा व्यवसायीका रूपमा समेत काम गरे । एब्स्ट्रयाक्ट चिन्तन: प्याज नामक निबन्ध सङ्ग्रहका लागि वि. सं २०२४ मा उनले मदन पुरस्कार पाएका थिए । उनी जनसेवा सिनेमा भवनका व्यवस्थापक, घरेलु शिल्पकला बिक्री भण्डार लिमिटेडको व्यवस्थापन प्रमुख, शङ्कर ट्राभल एण्ड टुर्स तथा होटल शङ्करका प्रशासक भएका थिए। उनका अन्य पुस्तकहरुमा गौँथलीको गुँड (कथा सङ्ग्रह) र गोधूलि संसार (निबन्ध सङ्ग्रह)पर्दछन् ।
उनको निधन ४६ वर्षको उमेरमा २०३२ सालमा काठमाडौँमा भएको थियो।

Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस