मनु ब्राजाकी
मनु ब्राजाकी (वि.सं. १९९९ - २०७४ माघ १९) एक साहित्यकार हुन्। उनको साहित्यिक नाम 'सगर नासरत्य', 'हेमन्त हरि' हो भने खास नाम 'चेतमानसिंह भण्डारी' हो । अन्नपूर्णाको भोज कथा सङ्ग्रहका लागि वि. सं. २०७० सालमा पद्मश्री साहित्य पुरस्कार प्रदान गरिएको थियो । गजलका तीन कृति ‘गजलगङ्गा’, ‘काँडाका फूलहरू’ र ‘के हेरेको ए जिन्दगी’ तथा कथाकृतिहरू ‘अवमूल्यन’, ‘आकाशको फल’, ‘तिम्रीस्वास्नी र म’, ‘भविष्ययात्रा’, ‘पारदर्शी मान्छे’ ‘अन्नपूर्णाको भोज’ उनका प्रकाशित कृतिहरू हुन् । नेपाल प्रज्ञाप्रतिष्ठानले २०६० सालमा प्रकाशनार्थ लिएको उनको ‘आमालाई बेच्नुहुँदैन लाटा’ कथासङ्ग्रहको पाण्डुलिपि हराइदिएको थियो । त्यो एकेडेमीबाट कसले गायब पार्यो ? अझै पत्तो लाग्न सकेको छैन ।

विस. २०७० मा उनले कथा सङ्ग्रह 'अन्नपूर्णाको भोज' का लागि पद्मश्री साधना सम्मान पाएका थिए । वि.स. २०३८ देखि उनका साहित्यिक कृति प्रकाशित छन् । उनको ७५ वर्षको उमेरमा वि.सं. २०७४ माघ १९ गते शुक्रवार बिहान पाटन अस्पतालमा निधन भयो । मस्तिष्क शिरोघात भएपछि उनको उपचार भइरहेको थियो । नेपाली साहित्यमा उनले कथा र गजल विधामा कलम चलाएका छन् ।

मनुको जन्म वि.सं. १९९९ साउन १९ गते महोत्तरी जिल्लाको औरहीमा भएको हो। उनको मृत्यु २०७४ साल माघ १९ गते शुक्रबार पाटन अस्पतालमा भएको हो।

उनको पहिलो रचना वि.सं. २०१९ मा 'अञ्चल सन्देश'मा कथा प्रकाशित भएको थियो ।

मनुका प्रकाशित मौलिक कृतिहरू


प्रकाशन मिति शीर्षक विधा
वि. सं २०३८ अवमूल्यन कथा
वि. सं २०४२ आकाशको फल कथा
वि. सं २०४६ तिम्री स्वास्नी र म कथा
वि. सं २०५१ गजल गङ्गा गजल
वि. सं २०५२ भविष्ययात्रा कथा
वि. सं २०५६ काँडाका फूलहरू गजल
वि. सं २०६० पारदर्शी मान्छे कथा
वि. सं २०७० मनु ब्राजाकीका छोटा कथाहरू कथा
वि. सं २०७० अन्नपूर्णाको भोज कथा
वि. सं २०७३ जनजीवनका जीवनगाथा प्रतिनिधि कथाहरू

पुरस्कारहरू

- मैनाली कथा पुरस्कार
- तिम्री स्वास्नी र म का लागि वि.सं. २०४६ को साझा पुरस्कार
- वि.सं. २०४७को गङ्गालक्ष्मी पुरस्कार
- आख्यान नाटकतर्फ वि.सं. २०६९को महाकवि देवकोटा पुरस्कार

(नेपाली विकिपिडियाबाट)

Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस