मुख्य पृष्ठ » साताको साहित्य पुरस्कार » साताको साहित्य पुरस्कार —२०१२ (प्रेस विज्ञप्ति)

साताको साहित्य पुरस्कार —२०१२ (प्रेस विज्ञप्ति)

bool(false)

 

साताको साहित्य पुरस्कार —२०१२ 

(प्रेस विज्ञप्ति)

२५ अगष्ट,२०१२



यस बर्षको साताको साहित्य पुरस्कार लेखक रवीन्द्र समीरलाई प्रदान गरिने  निर्णय गरिएको छ । साताको साहित्य डट कम मा अगष्ट २०११ देखि जुलाई २०१२ सम्म प्रकाशित भएका रचनाहरूमध्येबाट पाठकहरूको प्रतिक्रियाका आधारमा तिन उत्कृष्ट रचनाहरू गत हप्ता सार्वजनिक गरिएका थिए, जसमा अन्य दुई उत्कृष्ट रचनाका रुपमा कृष्ण कुसुम को कथा मुद्धा र सुधा किरण को कविता मेचीमा दुख्छ मलाई, महाकालीमा दुख्छ ले सर्वाधिक पाठक प्रतिक्रिया पाएका थिए । तत्पश्चात चार सदस्यीय निर्णायक समितिले तीन उत्कृष्ट रचनाबाट पनि सर्बोत्कृष्ट रचनाको रुपमा समीरको लघुकथा, ढुङ्गाको देवता लाई बहुमतका आधारमा चयन गरेको थियो। निर्णायक मण्डलमा साहित्यकर्मी महेन्द्र पौडेल, सुजित सिग्देल (सम्पादक—नेपाली टाइम्सअष्ट्रेलिया), ऋषि आचार्य (सम्पादक—नेपाली पत्र अष्ट्रेलिया), र निष्प्रभ सजी (सम्पादक—साताको साहित्य) रहनु भएको थियो । साहित्यकार रवीन्द्र समीरलाई बधाई तथा शुभकामना । यस पुरस्कार आउँदो साता काठमाडौँमा एक समारोहका बीच प्रदान गरिने छ। लेखकले पुरस्कार स्वरुप नगद रु दशहजार र प्रमाण पत्र प्राप्त गर्नेछन् ।


निष्प्रभ सजी
सम्पादक
साताको साहित्य परिवार

पहिलो साताको साहित्य पुरस्कार वितरण समारोहमा बाँयाबाट क्रमशः मुकुन्दशरण उपाध्याय, हरिवंश आचार्य, रविन्द्र समीर र लक्ष्मण गौतम ।

पाठकको प्रतिक्रिया
अन्य साताको साहित्य पुरस्कारहरू
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस