मुख्य पृष्ठ » नियात्रा » च्यार्खुरीको चुचुरोमा

च्यार्खुरीको चुचुरोमा

bool(false)

छोबाब ठिलेले भनेका थिए— “पाँच घण्टा भए पुग्छ ।”उनले नै यसो भनेपछि मैले नपत्याउने कुरो पनि आएन । दावा–लाक्पा आइस् अर्थात् ।।।दालाइस’ अर्थात् ।।।छुबिछु’ सम्म हिजै आइसकेको हुनाले मेरालागि पनि यो मार्ग नयाँ थिएन । दालाइस्भन्दा अझ माथिबाट ल्याइएका पोलिथिन पाइपहरुले क्यान्जिनका लागि खानेपानी बोकिरहेका छन् भन्ने थाहा पाएपछि त मलाई पनि झन ।।।फिमिलर’ भए जस्तो लाग्याथ्यो— उसबेला । मैले हिमाली भेगको हिँडाइको सामान्य सिद्घान्त ।।। प्रत्येक माँच मिनट माइनस एक मिनट’ अर्थात् जति जति माथि पुग्दै जाइन्छ, प्रत्येक पाँच मिनेट हिँड्ने र एक मिनेट रोकिने’ हिसाबले हेर्दा पनि हामी बाहिरियाहरुलाई समेत ६  घण्टाभन्दा बढी समय लाग्ने देखिएन । त्यहीँमाथि छोवाब ठिले लाबटाब गाउँकै बासिन्दा र क्यान्जिनकै ।।।होटल भ्यू पोइन्ट’का संचालक समेत भएकाले उनको जानकारीमाथि शंका गर्ने कुनै ठाउँ नै भएन । हामीले पनि विश्वास ग¥यौं र हिँड्यौं । हिमाली चुचुरामा पुग्न विश्वास गरेर मात्र पुग्दैन, हिँड्नु पनि पर्छ । अहिलेका ।।।पंगुम् लब्घयते गिरिम्’ गराउने भगवान भनेका शेर्पाहरु नै हुन् र ती पनि अहिले मैसँग हिँडिरहेका छन् । र, शेर्पा पनि हिँडेपछि मात्रै चुचुरोमा पुग्छन् । हामी हिँड्यौं, हिँडिरह्यौं र हिँड्यौं मात्र । बाटो ठाडो उकालो थिएन— तर उँचाइका कारणले दम फुल्दै गएको थियो । बाटो अप्ठेरो त छँदै थिएन— र, परैसम्म देखिन्थ्यो पनि; तैपनि हिँड्न सजिलो थिएन । बोटबिरुवाका नाममा रहेका मसिना काँडे थेग्लाहरु पनि अब क्रमशः हराउँदै गएका थिए । र, सिधै देखिने चुचुरोमा चढ्न पनि अर्कोतिरको घुमाउरो बाटोको सहारा लिनु पर्ने भएको थियो । काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर । पर्वतारोहणका सन्दर्भमा यो कुरो ठ्याक्कै लागू हुन्छ । कता पुग्नु पर्ने कता गइरहेंछु भने जस्तो पनि हुन्छ— कृष्णहरि बरालका शब्दहरुमा बोल्ने हो भने । सिधा बाटो हिँडेर हिमाल चढिँदैन । हिमाल चढ्न त बाटोलाई पनि फकाउनु पर्छ । अल्छी नमानीकन पगार्नु पर्छ ।

मलाई आमादब्लामको याद आइरह्यो । चढ्नु छ पूर्वतिर रहेको चुचुरो, तर यात्रा गर्न थाल्नुपर्छ दक्षिण–पश्चिमतिर रहेको लामो र घुमाउरो धारमाथिबाट । च्यार्खुरीले पनि हामीलाई यसरी नै नचाउँदैछ । अहिले गुम्बा लजको चिम्नी वरिपरि झुम्मिएका हामी थकित अनुहारहरु हामीले आज बिताएका ती आठ घण्टाहरुलाई संझदैछौं— जसले हामी माथि जादु चलाएर गए । हामीमाथि छुरा चलाएर गए । हामीलाई घाइते बनाएर गए । हामीलाई पागलप्रेमी जस्तो आल्हादित बनाएर गए । हामीले के पायौं— वास्तवमा हामीले नै थाहा नपाउने बनाउने बनाएर गए । शिवपुरी बाबाले ईश्वर साक्षात्कारका सम्बन्धमा भन्नु भएको महान् उद्गार जस्तै— “सबै प्रश्नहरुको एउटै उत्तर मिल्यो ।”

एउटा प्रकाश जो हामीभित्र बल्यो— त्यसको छाया अहिले पनि निभेको छैन ।हुन त चोलामाथि उभिँदा, खोब्मालामाथि उभिँदा, रेन्जोलामाथि उभिँदा वा छुकुबरी वा थोराबला वा कराबला वा सेला वा जाबलाको सर्वोच्च विन्दुमाथि उभिँदा पनि थोरबहुत यस्तै भएको थियो मलाई । कालापत्थरमाथि उभिएर वरपर हेर्दा वा गोक्योरीबाट हेर्दा पनि यस्तै भएको थियो मलाई । बिब्रेबाट हेर्दा वा थेब्खाबोचेको उँचाइबाट हेर्दा पनि यस्तै भएको थियो मलाई । छुकुबरीको प्रोजेक्सन शिल्पले पनि यसरी नै भुतुक्कै पारेको थियो मलाई । तर मलाई च्यार्खुरी अलि बढी लाग्यो । च्यार्खुरीको चुचुरोले दृष्टिलाई नै अझ फराकिलो बनाए जस्तो लाग्यो— मलाई । हिमालको एकनासको सुन्दरताको सम्मोहनले अझ लठ्ठ पारेजस्तो लाग्यो मलाई । आपूmले आपैंmलाई नसम्हाल्ने हो भने यो चिसोकै बावजुत तुरुन्तै ।।।ट्रान्स’मा पुगिहाल्छु वा समाधि लागिहाल्छ जस्तो लाग्यो मलाई । के तपाईं कल्पना गर्न सक्नु हुन्छ कि एउटै धुरीबाट सानाठूला तर उत्तिकै सुन्दर १५० वटा जति चुलीहरुलाई एकसाथ देखिरहनु भएको छ भने तपाईंको मनमा कस्तो भाव आउला ?

त्यो वर्णनातीत सत्य, त्यो शब्दातीत श्रेष्ठता, त्यो कल्पनातीत सौन्दर्य, त्यो चेतनातीत संपूज्यता, त्यो रहस्यातीत शान्ति, त्यो श्रमातीत मोक्ष र त्यो ब्याख्यातीत रचनालाई तपाईं के भन्नुहुन्छ ? मेरा त आँखा भरिए भरर्र— र, दशै दिशालाई ढोग्दै भनेंछु— ।।।ॐ नमः शिवाय । शुद्धबोधस्वरुपो ̃हं केवलो ̃हं शदाशिवःमैले जानेर गरेको प्रतिक्रिया थिएन यो । मेरो अन्तस्करणले स्वतःस्पूmर्त रुपमा जनाएको श्रद्घा वा प्रतिक्रिया यस्तै केहीे थियो यो । यस्तो लाग्थ्यो— म अनन्त प्रकाशको बीचमा छु । मृण्मय म अकस्मातै चिन्मयको नजिकमा पुगेको छु ।

ॐकारं विन्दुसंयुक्तं नित्यं ध्यायन्ति योगिनः
कामदं मोक्षदं चैव ॐकाराय नमो नमः

आपूmभन्दा तल वा आप्mनै हाराहारीमा उभिएका यी हिमालका दर्जनौं चुचुराहरुका काँधमुनि रहेका खोल्सीहरु सबै सबै नै ।।।नाद’ र चुचुराहरु ।।।विन्दु’ जस्ता देखिँदैछन् । चुचुराहरुभन्दा तलका खोल्सीहरुलाई जताबाट हेरे पनि ॐ जस्तै देखिन्छन् । होइन, के भएको हो मलाई यो ? के यो मेरो दृष्टिभ्रम मात्रै होला त ? म अग्लिँदै छु कि पग्लिँदै ? मेरो मन घनघोर प्रशान्तिमा गएको हो कि आँधीमय भ्रान्तिमा ? प्रभु, किन मेरो चेतनाले काम गरिरहेको छैन ? यो प्रश्न अब म कोसँग सोधौं ? मेरा आँखा निरन्तर बगिरहे— जब कि मैले रुन चाहेकै थिएन । मेरा हात जोडिइरहे— जब कि मैले कसैलाई बन्दना गर्न चाहेकै थिएन । म पूरै निःशब्द थिएँ र साथीहरुका आवाजलाई पनि अर्थहीन तवरले मात्र सुनिरहेको थिएँ । मेरा शब्दहरु बैखरी भन्दा पहिलेकै अवस्थामा थिए । मेरो चेतना ।।।परा’मै थियो । मेरो मनसम्म ।।।पश्यन्ति’मा हुँदो हो । मेरो कण्ठ अझै ।।।मध्यमा’मा आइसकेको थिएन । यो सुन्दरतालाई आत्मसात् गर्न नसकेर मैले आँखा चिम्लें । तेत्तीस कोटि देउता भनेको के रहेछ— मैले तत्कालै बुझें । मलाई लाग्यो— म यसै बखत धर्तीमा भासिऊँ र, पृथ्वीमाताको अनन्त सौन्दर्यको काख मार्फत् परब्रम्हमा लीन होऊँ । बल्ल बुझें, शैलेन्द«कुमार उपाध्यायले किन हिमसमाधि लिन चाहेका रहेछन् । जीवनको सुन्दरता र निःसारता दुवै एकैपटक बोध गर्नुछ भने यस्तो उँचाइमा आउनैपर्छ । परिश्रम र प्राप्तिको सहसम्बन्धलाई सजिलो गरी बुझ्नु छ भने पनि पर्वतारोहण गर्नै पर्छ । संसारका सबै धर्म, सबै साम्प्रदाय, सबै प्रकारका सिद्घ पुरुषहरु, सबै सबै बुद्घ पुरुषहरु, सबै प्रकारका ईश्वरहरुले एकमुष्ठ सराहना गरेको कुनै चीज धर्तीमा छ भने त्यो हिमालय नै हो । संसार स्वयं नै कसैका अगाडि नतमस्तक छ भने त्यो पनि हिमालय नै हो । संसारको सबै स्वच्छता, पवित्रा, विचित्रता, अगम्यता, रहस्यमयता, रौद«रम्यता र उच्चतालाई कुनै शक्तिले एकै ठाउँमा थुपार्न सक्छ भने त्यो थुप्रो पक्कै पनि ।।।हिमालय’ कै रुपमा प्रकटित हुनेछ ।

यो उच्चासनको स्पर्शले ममा पवित्रताको संचार भैरहेछ । लुब्ताको पवित्र हावाले मभित्रका सबै सबै कुविचारहरुलाई पुराना पातहरुलाई झैं हल्लाएर झारिरहेछ । म पूरै रि–इनर्जाइज भएको छु । मेरो चेतना पूरै नवीकरणीय उर्जाद्वारा उद्दीप्त भएको छ । म अब त्यो रहिनँ, जो म यहाँ आएको थिएँ । म अब त्यस्तो पनि भइनँ, जस्तो हुने सोच हमेसा पालेको थिएँ । मेरो रुप र अस्तित्वका अभिमान र कल्मषहरु क्रमशः पखालिँदै गएका छन् । लाग्छ, म बेग्लै हुँदै गएको छु । मैले अहिलेसम्म पनि दर्शन नपाएका हे सद्गुरुदेव ! वास्तवमा म हिमालको संगत गर्न थालेदेखि नै फेरिँदै गएको छु ।

वासांसि जीर्णानि यथा विहाय .........

धन्य प्रभु ! म यो क्षणप्रति कृतकृत्य छु । आप्mनै हैसियतमा झण्डै झण्डै बराबरीकै उँचाइमा झल्झलाकार भएर झल्किरहेछ— गाबछेम्पो (६३८७ मि) । टल्टलाकार भएर टल्किरहेछ— गन्जला रेन्ज । उताबाट देखिएको त लाबसिसाखर्क मात्र पो हो रहेछ त— साँच्चीकै लाबसिसारी (६४२७ मि) त यताबाट पो देखिंदो रहेछ । अविराम मुस्कुराइरहेको नयाँखाब उस्तै छ । उर्केमा (५८९० मि) उस्तै सुन्दर छ । भेम्दाब्री (६१५० मि) पनि उस्तै छ । गजबको कुरो सबै चुलीका नजिकै पुगे जस्तो लाग्छ । यहाँ उभिइरहँदा
चीनमा पर्ने विश्वको चौधौं अग्लो चुचुरो शिशापाब्माको पनि टुप्पो देखिन्छ भनेका थिए ठिलेले— तर अलिकति बादल छ त्यतातिर र देख्न पाइरहेको छैन म । लाक्पा भन्दैछन्— “हो, त्यै बादल प्रदेशमा छ त्यसको ८०१३ मिटरको चुचुरो ।”

मैले बादलको बर्को मात्र देखें । बर्को ओढेकी शिशापाबमालाई देख्न सकिनँ । अहो, कत्रो अजंगको देखिएको पाब्गोब्डोक्पा । उस्तै आकर्षक छ याला । हो, यही याला पिक (५७३२ मि) मै अभ्यास गर्नेछ अब हाम्रो ।।।एड्भान्स’ ग्रुपले केही दिन । त्यही ग्रुपलाई पर्वतारोहणका विभिन्न कडीहरु सिकाउने काम गर्नेछन्— मेरा साथमा आएका पासाब ल्हामु, टेण्डी, लाम्बाबु, ल्हाक्पा नोर्बु, दोर्जी लामा, लाक्पा शेर्पा लगायतका गुरुहरुले । केही विद्यार्थीहरु पनि आएका छन् हामीसँगै । जिउ तताउन आएका रे ! बुझ्नुभो ? यत्तिको हिमाल चढ्नुलाई त ।।।जिउ तताउने’ काम भनिन्छ यो क्षेत्रमा । अनि अरु आम मान्छे भन्छन्— “मेरी आम्मै नि, पुषमा हिमालतिर जाने ?”उनीहरु ठान्दा हुन्— चैत बैशाखतिरको हिमाल पनि अलि न्यानो हुँदो हो । के थाहा उनीहरुलाई कि हिमाल त जहिले गए पनि उस्तै हुन्छ । सधैं उस्तै हुनाले नै ।।।हिमाल’ हुन्छ । हामीकहाँ त नबुझेको विषयमा पनि प्वाक्क बोलिहाल्ने, नमागेको विषयमा पनि तुरुन्तै सल्लाह दिइहाल्ने चलन छ नि त ! चेर्को पिक उसरी नै चम्केको छ । युब्राका चुचुराहरु (६०३५ मि) उसरी नै तम्सेका देखिन्छन् सगर छुन । ओहो, किमजुब ग्लेशियर पनि कति जीवन्त देखिएको हो ! अहिल्यै घरररर गर्दै बग्न सुरु गर्ला जस्तो । एन्सा तेन्जी उस्तै छ । मोरिमोतो झन दुरुस्तै छ । पूmर्बी ग्याचो (६६३१ मि) आप्mनै धूनमा मस्तै छ । यहींबाट देखिंदैछ गोन्जाला पास । यो पास नाघेपछि गोसाइँकुण्ड पुग्न सकिन्छ रे ।

“म त्यतैबाट फर्किऊँ त ?”

“अहिले एक्लै त्यतातिर नजानोस् । त्यतातिर त घटीमा पनि ८÷१० फिट हिउँ परेको होला बाटोमै । तपाईं अलपत्र पर्न सक्नुहुन्छ । तपाईं त हामीभन्दा पनि मूर्ख हुनुहुन्छ र डर लाग्छ क्या !” लाक्पा मलाई सचेत पार्दै सुझाइरहेछन् । सबैभन्दा पहिले तिलमान नामका कुनै गाइडले यो बाटो पत्तो लगाएको हुनाले यो गञ्जाला पासलाई ।।।तिलमान पास’ पनि भनिंदो रहेछ ।धन्य छ यतातिरको चलन र कदर गर्ने संस्कृति । जसले दुःख गरेको हो— उसलाई सम्मान दिइहाल्ने । तिलमान को थिए ? कसैलाई पनि थाहा छैन । तर उनको  नामको यो ।।।चिनो’ अहिले पनि जनजिब्रोमै छ । लाबटाब लिरुब आप्mनो अद्वितीय सुन्दरता सहित सबैभन्दा ठूलो क्षेत्रमा फिँजिएको रहेछ । ओहो, त्यसको बाक्लो हिउँको खास्टो ओढेको भिरालो काँधको सुन्दरताको त कुरै नगरौं । त्यही तलसम्म झर्छ— अनि किमजुब ग्लेशियरको पातलो सलले युब्राका शिरहरुलाई बेरिदिन्छ । मानौं, जाडोबाट बचाउँदै आप्mना सन्तानहरुलाई हुर्काइरहेछ— लाबटाब लिरुब । छेउमै छ लाबटाबरी (७२०५ मि) । पूरै फिँजारिएर दर्शन दिइरहेछ हामीलाई । अलि परैबाट सुन्दरताका आँखा झिम्क्याइरहेछ दोर्जे लाक्पा (६९६६ मि) ले । नाम जानेर त साध्य भए पो ? उही तर्पण दिंदा ।।।यथा नाम’ भनेझैं हामी अहिले झण्डै १५० जति चुलीलाई एकसाथ देखिरहेका छौं ।।।।ज्ञात अज्ञात सबै चुलीलाई हाम्रो प्रणाम ।’ठिले भन्दैछन्— “ऊ त्यो पर देख्नुभयो नि भेम्दाबरी; हो— त्यसैको फेदी भेम्दाबकार्पुबाट ग्लेशियर फुटेको छ र त्यो नै लाबटाब खोलाको जन्म हो । त्यही ग्लेशियरको दाहिने हाततिरको पूरै श्रृंखला जुगल श्रृंखला हो र बायाँतिरको चैं लाबटाब श्रृंखला ।”नाम त कसले जानेर सक्छ र ? तैपनि ठिले भन्दैछन्— “धेरै हिमालको त अघि नै नाम लिइहालियो । अब श्रृंखलाको कुरा गर्ने हो भने चैं लाबटाब श्रृंखलाभित्र पर्नेमा ऊ त्यो युब्रा (६०३५ मि) भैगयो, त्यो याला (५७३२ मि), त्यो साल्बाचुम (६७०७ मि), ऊ त्यो चैं पाशुबो (६१७७ मि), यो छेवैको लाब्टाबरी (७२०५ मि), त्यो मूल नै भैगो लाब्टाब लिरुब (७२३४ मि) अनि ती दुई चै क्युब्ग्यारी—१ (६५९९ मि) र क्युब्ग्यारी—२ (६५०६ मि) हुन् । अनि त्यो परको चैं काब्जाचुली (५८४४ मि), त्यो यतापट्टिको घेन्ये लिरु (६५७१ मि), त्यो भेम्दाबरी (६१५० मि) र त्यो त उर्केमा (५८९० मि) नै भैहाल्यो । अनि याब्सा तेन्जी समेत भनिने धाग्पाहे हिमाल (६५६७ मि) त्यो र पनयातिप्पा नाम भएको ड्राग्मोर्पारी हिमाल (६१८५ मि) चैं ऊ त्यै हो ।”ठिलेले सुनाउने र मैले बिर्सने काम सँगसँगै भैरहेको छ; तैपनि हार मानेका छैनन् । सुनाइरहेछन् मलाई अप्ठेरा लाग्ने नामहरु लगातार । भन्दैछन्— “जुगल श्रृंखलाको पनि कुरो गरौं है त ? ऊ, त्यो परको उक्र्यामाब (६१५१ मि), त्यो पूmर्बी ग्याचो (६६३१ मि), अनि ऊ त्यो चैं अलिकतिले ७००० मिटर नपुगेको ल्योन्पोगाब (६९७९ मि), अब त्यो त गोरु मरेकै हिमाल भैगो, लाबसिसारी (६४२७ मि) र त्यो परको चैं ग्याल्जेन पिक (६१५१ मि) हो । अब यो फराकिलो गाब्छेम्पो (६३८७ मि) नै भैगो, त्यो चैं गुर्कार्पोरी (६८९१ मि), त्यो त चर्चित पिक नै हो, दोर्जेलाक्पा (६९६६ मि) अनि ऊ त्यो चैं मदिया पिक समेत भनिने भैरव टाकुरो (६७९९ मि) हो । सबै चिन्न त कहाँ साद्दे हुन्छ र ?”मेरी आम्मै नि, मैले मानें ठिलेलाई त । यति चिनाएर पनि अरु थाहा छैन भन्छन् । मैले त कहिले घोक्न सक्छु र यति धेरै नामहरु ? प्रकृतिको यो विचित्र जादुगरीलाई शब्दशून्यताका साथ स्वीकार गरेर हामी फर्किदैछौं । क्यामेरालाई चिसोबाट जोगाएन भने ब्याट्री एकैछिनमा सकिन्छ र भनेको ठाउँमा क्यामेरा नै प्रयोजनशून्य हुन्छ भन्ने ज्ञान समेत यही भ्रमणबाट प्राप्त गर्दै हामी अब क्रमशः ओरालिंदै छौं । कुनै दिन हिमालतिर जाने योजना बनाउनु भयो भने तपाईंले चैं सुरुदेखि नै क्यामेरालाई न्यानो ठाउँमा राख्न नभुल्नु होला है ! नत्र मैलाई झैं धोका हुनेछ नि फेरि !

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस