मुख्य पृष्ठ » कविता » जँड्याहाको तर्क

जँड्याहाको तर्क

bool(false)

सबैले मलाई रक्स्याहा भन्छन्
जँड्याहा भन्छन्
थुक्छन्
गाली गर्छन्
बेकामे, असती, मरी जा भन्छन्

घरका मान्छेहरू तल्लाघरे माइलाजस्तै अरब जा भन्छन्
शुभचिन्तक साथीभाइ
रक्सी छोड्, हामी जस्तै गरी खा भन्छन्

किन बन्नु मैले अरु मान्छे जस्तो ?
कोही बनेका छन् बन्न खोजेर बुद्धजस्तो ?
बन्न खोजेर कोही बन्छ र महावीर ?
शिर मुडे पनि बदलिँदैन मान्छेको तक्दिर
आ, जे छु म, म जस्तै छु
खुशी छु ।

मातेर ढुल्मुलिँदै हिँडे पनि
दुनियाँको नजरमा गिरे पनि
सडकपेटीमा सुते पनि
मैमाथि कुकुरले मुते पनि
अरे ! म म जस्तो छु यार !

मान्छेले लाख कोशिस गरोस्
अरु जस्तो बन्न असम्भव छ
र म स्वयम् जस्तो बाँच्न ठूलो साहस चाहिन्छ
हे हे हे (एउटा गोप्य कुरा)
त्यो साहस जो छ
यै सिसीको बोतलभित्र कैद छ ।

(साभार: खोलाको गीत र पुराना कविताहरू)

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस