मुख्य पृष्ठ » कविता » सम्पत्ति विवरण

सम्पत्ति विवरण

सरकार ..... केही भए पो दिऊँ
सम्पत्तिको विवरण !

हृदयको थुन्सेमा
एक पाथी दुःख छ
आँखाको गाग्रीमा
एक ट्यांकर आँसु छ
फोक्सोको बेलुनमा
वषौं संकलन गरेको धुवाँको कस छ
मुटुको ढुकुटीमा
एक ड्रम फाल्सा परेको रगत छ ।
र, छन्
वषौंदेखि सरकारको मुख ताक्दा ताक्दा
टट्टाएका एक जोर आँखा !

म चाहन्छु.....
यी आँखा राष्ट्रीयकरण गरिदिऊँ
जुन आँखाले सरकारले मेरा जम्मै दुःख हेर्न सकोस्!



पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस