गीत

string(43) "user_uploads/members/581323468594_large.jpg"
लेखक
रमेश श्रेष्ठ
नाम : रमेश श्रेष्ठ
ठेगाना : पोखरा, कास्की
  रमेश श्रेष्ठका रचनाहरू

सुनगाभाको ओठ रुझ्यो शीतको ताराले
म त रुझेँ तिम्रो गीतले देख्यो साराले

 

आँसु बगाई रुन्छु भन्दा रात चाहिन्छ भन्यौ
ढुंङ्गा बनी जम्न पनि साथ चाहिन्छ भन्यौ
जूनको मात्र बैँश हो र भन्यो ताराले
म त रुझेँ तिम्रो गीतले देख्यो साराले ।

 

फैलिएर हाँस्छु भन्दा ओठ चाहिन्छ भन्यौ
हृदयको गीत पोख्न चोट चाहिन्छ भन्यौ
फूलको मात्र जोवन हो र भन्यो काँढाले
म त रुझेँ तिम्रो गीतले देख्यो साराले

 

सुनगाभाको ओठ रुझ्यो शीतको ताराले 
म त रुझेँ तिम्रो गीतले देख्यो साराले

 

 

 

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस