मुख्य पृष्ठ » साताको साहित्य पुरस्कार » साताको साहित्य पुरस्कार २०२१

साताको साहित्य पुरस्कार २०२१

bool(false)

प्रेस विज्ञप्ति

यस वर्षको साताको साहित्य पुरस्कार प्रदीप रोदनको गजललाई प्रदान गरिने निर्णय गरिएको छ । साताको साहित्य पुरस्कार २०२१ का लागि तीन उत्कृष्ट रचनाहरू एक साता अघि सार्वजनिक गरिएका थिए जसमा अन्य दुई उत्कृष्ट रचनाका रुपमा शेखर विकल्पको कविता ‘मर्नु अघि’ र जनक कार्कीको कथा ‘घर नं. एक र एक एघार’ छानिएका थिए । तत्पश्चात्, निर्णायकहरू (महेन्द्र पौडेल, सुजित सिग्देल, सञ्जिब पाण्डे, ऋषि आचार्य र निष्प्रभ सजी)ले बहुमतको आधारमा प्रदीप रोदनको गजललाई चयन गरेका हुन् । लेखकले एक समारोहबीच केही साता पछि पुरस्कार स्वरुप नगद रु बीस हजार र ताम्रपत्र प्राप्त गर्ने छन् । साताको साहित्य पुरस्कारको थालनी दश बर्ष अघिदेखि गरिएको हो । यस अघि मनोज बिश्वकर्मा, सीता तुम्खेवा, नवीन प्यासी, प्रोल्लास सिन्धुलिय, बोनम प्रताप, नवराज पराजुली, मुकुन्द प्रयास, रमेश सायन र रवीन्द्र समीरका रचनाहरु पुरस्कृत भएका थिए ।



निष्प्रभ सजी
सम्पादक
साताकोसाहित्यडटकम

मितिः ०८ मे २०२२

पाठकको प्रतिक्रिया
अन्य साताको साहित्य पुरस्कारहरू
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस