असन कथा !

 

यो हुल 

यो हतारो

मन्दिरका घन्टी संगै  मिसिएका

कुटिल हाँसोहरू .....

तर पल्लो पसलमा झुन्ड्याइएको मैनबत्ती

यो मन्दिरमा बाल्नको लागि होइन !!!


 

बांघेमुढा->>

 

जमलका संकेतहरू ! 


 


 

आज न्हुन्छेमानको सब्जी बिकेन 

भरिएको टोकरी देखेर 

सायद  बटुवाले सोच्यो ...

....साइत पर्यो!


 


 

बर्षौ  देखिको त्यो मिठाई पसल 

..संगैको क्यासेट दोकान 

तर त्यहाँ  बज्ने सङ्गीतको मिठास

साहुजीको बोलीमा कहाँ !


 


 

टुक्रिएर,

सपना जोड्न नसकेका होर्डिंगबोर्डहरु 

आफैलाई गिज्याई रहेछन्.......

ए हजुर कता, मिठो म:म यता !

ल्यान्गोएज् सिक्नु परेमा सम्पर्क!!  

बिश्वज्योतिमा....भब्य प्रदर्शन भैरहेछ !!!

 

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस