अमरलाई अनेवा पुरस्कार

१६ सेप्टेम्बर, २०१७

अन्तर्राष्ट्रिय वाङ्गमयप प्रतिष्ठान बेलायतद्धारा साहित्यकार अमर न्यौपानेलाई उनको पछिल्लो कृती करोडौँ कस्तुरी का लागी अनेवा पुरस्कार प्रदान गरिएको छ । १४ सेप्टेम्बर का दिन वेम्ब्लीमा सम्पन्न उक्त कार्यक्रममा बिबिसि पत्रकार खगेन्द्र नेपालीलेले अमर न्यौपानेलाई प्रमाण पत्र र नगद रु ६०००० हस्तान्तरण गरेका थिए । सोही समारोहमा गोविन्दराज विनोदीको कैकेयी महाकाव्य को पनि विमोचन गरिएको थियो ।



अमर न्यौपाने सेतो धर्ती र पानीको घाम कृतीका लागि क्रमशः मदर पुरस्कार र पद्यश्री पुरस्कारबाट सम्मानित श्रष्टा हुन् ।

पाठकको प्रतिक्रिया