सिड्नीमा, अहिले सम्मकै ठूलो 'गजल मुशायरा' हुँदै !

०९ सेप्टेम्बर, २०१८

‘गजल मुशायरा परिवार‘ सिड्नीले आउँदो २३ सेप्टेम्बरका दिन सिड्नीमा २५ गजलकारलाई एउटै स्टेजमा दुई दुई वटा गजल सहित उभ्याउँदैछ । कार्यक्रमका संयोजक जितेन्द्र मल्लका अनुसार कार्यक्रममा अष्ट्रेलियाका, सिड्नी बाहेक, अरु शहरहरूबाट पनि गजलकारहरूले सहभागिता जनाउँदैछन् ।

कार्यक्रम दिउसो ३ः३० बजे, हर्स्टभिलको सिभिल थिएटरमा आयोजना हुँदैछ । कार्यक्रममा गजलवाचनसँगै गायन र नृत्यलाई पनि समावेश गरिएको छ।

गजल मुशायराले यस अघि पनि सिड्नीमा चार वटा र अन्य शहरहरूमा दुई वटा कार्यक्रम सम्पन्न गरिसकेको छ ।

 

पाठकको प्रतिक्रिया