भूपरिवेष्टित खुट्टाहरू

लेखक : निष्प्रभ सजी
प्रकाशक : हेमजा साहित्य प्रतिष्ठान
बितरक : साझा प्रकाशन


“मान्छेहरू
पहाडमुनि जरा गाडेर नबस्नु अब
बस्तीहरू
पहाडको सियालमा अलमस्त ननिँदाउनु अब
फाँटहरू—बेँसीहरू
पहाडको फेदिमा नटोलाउनु अब !
होश गर्नु !
जून हराएको रातमा
लाटोकोसेराहरू जब
शुन्यताको गीत गाउन थाल्छन्
दिन माथि रात पोखिए जस्तै
रात म पनि पोखिन्छु भन्छ !”
(‘पहाड बग्छु भन्छ’ बाट एक टुक्रा)

********

गुलाफको शुभकामना

—क्षेत्र प्रताप अधिकारी

निष्प्रभ सजी उर्फ माधवराज पौडेलका 'भूपरिवेष्टित खुट्टाहरु' सुन्दर कविता बोकेर उकालो लागेको बेला कृष्णभीर भत्केको थियो देश । दिनभरी पहिरो हिँडेर रातभरी त्रासदी सुत्नुपर्ने कालखण्डमा पनि देश लेखिनै रहे सजी । जाँगरिलो सर्जकलाई सिर्जनाले पछ्याउँदो रहेछ । 'भूपरिवेष्टित खुट्टाहरु' पढेपछि यस्तो लाग्यो मलाई ।

ऊ , तेहाँ पहिरो गएछ
मनमा र पहाडमा
एकैचोटि !
पहाड झरेर
बस्ती पुरिए जस्तो छ
मन झरेर
मायाँ दबिए जस्तो छ
ऊ, तेहाँ पहिरो गएछ !

सजीले जिन्दगीभर सपना बोक्ने काईंला दाइको थाप्लोमा परेको नाम्लोको छाप नजिकैबाट देखेका छन् । दुर्गम बस्तीहरुमा व्याप्त धेरै अनिकाल र थोरै फलिफाप लेखेका छन् ।

अनिलो तिहुनसित अलिकति ढिँडो निलेर पसलेको नुन खेपिरहे भरियाहरु । हरमा फाटेको भोटो र घरमा कोदाको रोटो नभए पनि मुखियाको कपडा र सामल बोकिरहे कमैयाहरु । आफूलाई अनन्त अस्थायी छाप्रोमा सुताएर मालिकको महल बनाईरहे ज्यामीहरु । अशान्त गाउँ बेसी र बस्तीमा असरल्ल यी र यस्तै यथार्थ शब्दचित्र हुन् 'भूपरिवेष्टित खुट्टाहरु'।

गुलाफलाई गुलाफ नभने फुल्दा त गुलाफै फुल्छ । कवि सजीलाई गुलाफको शुभकामना ।

('भूपरिवेष्टित खुट्टाहरु' भित्रको भूमिकाबाट एक टुक्रा)

********


"निष्प्रभ सजी समकालीन पोखरेली कविताका एक उदीयमान प्रतिभा हुन् । मैले उनलाई सुनेको छु । उनी आफ्ना कविताहरूमा बिम्बको प्रयोग गर्न रुचाउँछन् । “भूपरिवेष्टित खुट्टाहरू” उनको एक अद्भुत् विम्ब हो—प्रश्नोपनिषदीय—जहाँ उनी आफ्नो कविको सम्पूर्ण सीमा र संवेदना सहित अभिव्यक्त छन् । समकालीन पीडाहरू, बिसंगतीहरू, सन्त्रासहरू, आशा—निराशाहरू, ब्यंग र बिद्रुपताहरूमा उनी अक्षरहरूको अभीप्सा ओढ्छन् । उनी कवितामा कविताका लाशहरू गन्छन् । शायद सरलताभित्र बौद्धिकता र बौद्धिकताभित्र सरलता उनको बिशेषता हो । यस्तो लाग्छ उनी उत्तर आधुनिक युगका एक कवितात्मक कोलाज हुन्, जहाँ उनलाई आफ्नै अनुहारको खोजी छ ।"
सरुभक्त

(पुस्तक प्रकाशन मिति: २०६१)


 

पाठकको प्रतिक्रिया
अन्य किताबहरू
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस