भीडमा हराएको मान्छे

लेखक : एल.बी. क्षेत्री
प्रकाशक : चरैवेती प्रकाशन
बितरक : चरैवेती प्रकाशन

कविता एक कला हो, उत्तम कला– चिन्तन र भावनाको संयोगले निर्मित । बिस्तारै होसियारीपूर्वक नित्य प्रचलित शब्द जोडेर बनिएको एक अप्रचलित महल भनेका छन् । ‘अ मोमेन्ट मोमेन्टस्’ त्यस कारण यसको उच्च श्रेणी भन्नु नै तिनै तत्वको अपरम्परित संयोग हो । त्यसैले प्रत्येक कलाकार अर्काे भन्दा भिन्न छ । एल.बी. भिन्न छन् । केही सामान्य कलाका रचनाबीचमा केही स्मरणीय, अविस्मरणीय ‘स्ट्रोकहरू’ मिसिएका छन् । मलाई यतिबेला हेनरी वाईको बिचारलाई उद्धृत गर्न मन लागेको छ : प्रत्येक कलाकार आफ्नो कुचीलाई आफ्नै आत्मामा चोब्छ; अनि उसले आफ्नै सवभावलाई आफ्नो चित्रमा रङ्गाउँछन् ।
हो एल.बी.ले यहाँ त्यही गरेका छन्, यस सङ्ग्रहमा ।

- डा. गोविन्दराज भट्टराई

 

पुस्तकभित्रको एउटा कविता

 

ऊर्जाको थुप्रो

सडकमा
गोबरको थुप्रो देख्दा
रहर जागेर आउँछ ।

हरियालीको भूस्वर्ग

पच्चकाव्यको एक अंश
यो असाधारण थुप्रो
यो परम शक्ति
प्रकाश, उर्वरता र परमाणुको

सडकमा थुप्रिएर बसेका
बेवारिसे गोबरका थुप्राहरू
आफ्नो शक्तिसँग
अपरिचित
कुनै वाहनमुनि कुल्चिइन
र छिरल्लिन सडकमै
र अस्तित्वविहीन हुन
प्रतीक्षारत देखिन्छन्
विदेसिने रहर बोकेका
युवाशक्तिजस्तै
परिकल्पनाले पनि
विश्वास गर्न नसक्ने
सडकसडकमा बेवारिसे रहेका
अनगन्ती विशाल थुप्रा
वैभवका ।

पाठकको प्रतिक्रिया
अन्य किताबहरू
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस