सालिकहरूको देश

लेखक : बाबु त्रिपाठी
प्रकाशक :
बितरक : बी.एन. पुस्तक संसार प्रा.लि.

विधाः कविता (दोस्रो संस्करण)
मुल्य १००
पृष्ठः ९४
सर्वाधिकारः © लेखकमा



(कृतिभित्रबाट एउटा कविता)

मानिसको लागि


झार रोपेर
फूल खोज्नु हुँदैन ।

निहुरिनू–

जसरी
माटोको अगाडि
हलो र कोदालोहरू निहुरिन्छन् ।

जसरी
किसानको अगाडि निहुरिन्छन्
धानका बालाहरू ।

जसरी
स–साना नानीहरूको अगाडि
निहुरिन्छन्
बाजे, बज्यैहरू ।

कुमालले
गमलामात्र बनाउँदैन
पृथ्वी पनि बनाउँछ ।

बाँड्नू–

नानी आफैँसँग राखेर
जसरी
घामले आँखाहरू बाँड्दछ ।

हत्केला आफैँसँग राखेर
जसरी
आकासले औँलाहरू बाँड्दछ ।

ओठ आफैँसँग राखेर
जसरी
धर्तीले मुस्कानहरू बाँड्दछ ।

कुलोमै बगाउँन सकिन्छ
नदीका वेगहरू ।


उभिनू–

जसरी
एउटै हाँगामा उभिन्छन्
अनगिन्ति चराहरू ।

विवेकको बन्दुक बोकेर
जसरी
सिपाहीहरू सिमानामा उभिन्छन् ।


जिन्दगी
रित्तो कागजजस्तो हुनु हुँदैन ।

लेख्नू–

प्रवासबाटै लेख्नू चिठी
र, भन्नु
म तिमीलाई खुब मन पराउँछु

जसरी
हिमालले पहाडलाई मन पराउँछ
पहाडले तराईलाई मन पराउँछ
सन्तानको सानो खुसीमा
जसरी
आमा रुन्छिन् हर्षले
त्यसै गरी रोइरहोस् देश
आखिर
मानिसकै लागि चाहिँदो रहेछ देश पनि ।

पाठकको प्रतिक्रिया
अन्य किताबहरू
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस