चिल उड्यो आकासमा

लेखक : सुरज उपाध्याय
प्रकाशक : सम्मोहन साहित्यिक पत्रिका
बितरक : सम्मोहन साहित्यिक पत्रिका

विधा:  बाल कविता


"चिल उड्यो आकासमा"

 

चिल उड्यो आकासमा

भुईंमा चल्ला कराए

भन्दै थियो सानो भाइ

दुइटा चल्ला हराए ।

 

धपाउन चिललाई

पोथी चर्को करायो

ठुँगिहाल्यो चिलले

पोथी पनि डरायो ।

 

भन्दै थिइन् आमाले

चिल पल्कियो घरमा

छोड्नुहुन्न चल्लालाई

थुन्नुपर्छ खोरमा ।

 

वरिपरि गाउँभरि

चिल पल्केको सुनियो

त्यही भएर चल्लालाई

खोरभित्र थुनियो ।

 

(कवि उपाध्यायलाई साताको साहित्यको तर्फबाट हार्दिक बधाई)

पाठकको प्रतिक्रिया
अन्य किताबहरू
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस