तोदा

लेखक : उमा सुबेदी
प्रकाशक : सांग्रिला बुक्स
बितरक : सांग्रिला बुक्स

मुल्य: २७५

विधा: उपन्यास

 

'पाठक समिक्षा'

"तोदा पढि सकेपछि हिटलर र उनका ज्यादती भन्दा पनि बिदेसिन बाध्य नेपाली को कथा व्यथा र त्यहा पुगेपछि हुने योनको भोकमा गासिने सम्बन्धहरु जान्न पाइयो । उपन्यासले इजराइलमा रहेका नेपाली हरुको अवस्थको थोरै अन्श मात्र समेटेको छ ।सेक्स ट्वाईज त्यहा पुगेका नेपाली महिलाहरुको लागि निकै चाख लाग्दो वा महत्वोपुर्ण हुन्छ भन्ने कुरा उपन्यास मा रोशनी पात्र मार्फत उर्जागर गरिएको छ । पानी जहाज् डुब्न लाग्दा पनि आफु मरिन्छ भन्दा पनि भर्खर् किनेको सेक्स ट्वाइजको चिन्ता पात्र हरुमा देखाइएको छ जुन नसुहाउदो छ , व्यबहारिक छैन । पार्वती र इनेशको सम्बन्धलाइ आमा र छोरि को जस्तै प्रगाड देखाइएको छ उपन्यासमा । अन्त्य तिर एकै ठाउमा लगतार काम गर्दा उत्पन्न हुने आत्मियतालाई सरल् रुपमा प्रस्तुत् गरिएको छ । मलाई एस्तो लाग्यो कि इजरायलमा बस्ने नेपाली पुरुष महिलाहरुको अवस्था उपन्यासमा चित्रण गरे भन्दा पनि अझ नाजुक छ । योनको भोकमा, मायाको अतृप्तामा र आर्थिक बोझको कारण त्यही विवहित महिला पुरुषहरु क्याजुअल रिलेशन तिर अघि बढेका छन् । एस्ता सम्बन्धहरुले गर्दा नेपालमा रहेका नाबालकहरुको चिल्ली बिल्ली भएको हामीले देखेका छौ , श्रीमान र श्रीमती बेसाहरा भएको, आमा बुवा बिचल्लित भएको पनि देखेका छौ । हामी गरिब हुनु , हामीलाई नेपालमा रहदा काम् सानो ठूलो हुनु , अनि पास्चात्य सन्स्कृति प्रति मोह अत्याधिक हुनुनै बिदेसिनुको प्रमुख कारण हो । मेरो शुभकामना अब तोदा जस्तै अरु उपन्यास लेखिदा हाम्रो चित्कार लेखिन नपरोस् ।"


- सुमन घिमिरे

पाठकको प्रतिक्रिया
अन्य किताबहरू
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस