सेतो धरती

लेखक : अमर न्यौपाने
प्रकाशक : फाइन प्रिन्ट
बितरक : फाइन प्रिन्ट

बिधा: आख्यान

 पृष्ठ :३७३

मूल्य रु ३५०


अमर न्यौपानेले यस अघि दुई पुस्तक पानीको घाम (आख्यान) र कलिलो मन –बालकथा संग्रह) प्रकाशित गरिसकेको छन् । जसले क्रमशः पद्यश्री साहित्य सम्मान—२०६६ र पारिजात बालसाहित्य पाण्डुलिपि पुरस्कार प्राप्त गरेका थिए । अमर न्यौपाने ले अहिले यस उपन्यास को माध्यम बाट धेरै पाठकहरूको प्रशंसा बटुलेका छन् ।

 

"मलाई देखेपछि मानिसहरुको साइत बिग्रन्छ भने मेरो आफ्नै साइत अझ कति बिग्रन्छ होला ? किनभने, जहाँ जाँदा पनि मैले आफूलाई अघि लगाएरै हिँड्नुपर्छ जिन्दगीभर । आफूलाई कतै छोडेर मविनाको मेरो साइत कसरी गरौँ म ?"

                                                          **

"मलाई रातले देख्यो । जूनले देख्न पाएन । असख्य ताराहरुले देखे । त्यसैले, मेरो नाम पनि आमाले राखिदिनुभएछ – तारा । तर, ताराहरु मेरा सबैभन्दा टाढाका मलाई सधैँ गिज्याइरहने आफन्त भए, जसले उज्याला हातहरुले छुन कहिल्यै आउँदैनन् । म जन्मिएको जूनले देखेको भए सायद आमाले मेरो नाम राखिदिनुहुन्थ्यो होला – इन्दू या पूर्णिमा । र, सधैँ जूनको उज्यालोले छुने थियो मलाई ।"


-सेतो धरती उपन्यासबाट

पाठकको प्रतिक्रिया
अन्य किताबहरू
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस