अणु र पहाड

लेखक : रवीन्द्र समीर
प्रकाशक : पैरबी बूक हाउस
बितरक : पैरबी बूक हाउस


जीवन र जगतका बिबिध आयामहरुलाई मनोबैज्ञानिक दृष्टिकोणले तिक्ष्ण उजागर तथा प्रहार गरिएको " अणु र पहाड " लघुकथा सङ्रहमा ६५ बटा लघुकथाहरु सङ्रहित छन । यस अघि समीरका तेश्रो आंखा ( २०५३ ), पोस्टमार्टम ( २०६२), बिकिरण (२०६३ ), ईश्वरका कथा ( २०६५), अर्जुनदृष्टि (२०६७)लघुकथा सङ्रह प्रकाशित छन भने चांदिको घेरा ( २०६३),ग्रेटवालको ग्रेट अनुभुति ( २०६६ ) प्रकाशित छन । समीरको यस अघि प्रकाशित लघुकथा सङ्रह अर्जुन्दृष्टि लघुकथा सङ्रहले पद्मश्री साहित्य सम्मान्, अनेसास सर्बोत्कृष्ट पुस्तक पुरस्कार आदि प्राप्त गरेको छ । नेपाल बिद्या भुषण्, युवाबर्ष मोती पुरस्कार लगायत दर्जनौं राष्तृय तथा अन्तरअष्टृय पुरस्कार प्राप्त समीर पेशाले चिकित्सक तथा जन-स्वास्थ्य बिशेषज्ञ हुन । समीर बिगत दुई दशक देखिन लघुकथा बिधामा कृयाशिल छन । समीरका ६५० भन्दा बढी लघुकथाहरु प्रकाशित छन । पुस्तकको मुल्य रु १५० रहेको छ ।

 

 

(पुस्तक भित्र बाट एउटा लघुकथा)

'अपथ्य'

राजमार्गमा एउटा मात्र होटल भएको ठाउँमा ड्राइभरले बस रोकेर भन्यो – ‘ल खाजा खान ओर्लिनुस् । बीस मिनेट मात्र ।’
बसबाट ओर्लिएर बूढाले होटलतिर हेरे । होटलमा भद्दा किसिमले सजाएर राखिएको खानेकुरालाई भोका आँखाले हेरे । बूढाको मुख भोक र परिकारहरुको बासनाले रसाएर आयो ।
– ‘बाजे ! के खाने ?’
भोकले अम्लपित्त बल्झिएका बूढाले खाजाको दर सोधे । यस्ता होटलहरुमा दर नसोधी खानहुन्न भन्ने कुरा भने उनलाई राम्रैसँग थाहा थियो । होटलवालाले फटाफट भन्यो – ‘आलुचनाको सय रुपियाँ, चाउमिनको एक सय पचास, पकौडाको एक सय, मासुपुलाउको दुई सय पचास, मासुचिउराको दुई सय, खीरको एक सय, चियाको साठी... !’
दर सुनेर बूढा जिल परे । तैपनि पापी पेट भन्ने सम्झिदै उनले गोजी छामे, मन छामे अनि कुनामा रहेको कुर्सीमा बसेर चुरोट खान थाले ।
– ’बाजे के ल्याम तपाईंलाई ?‘
बूढाले खोक्तै जबाफ दिए – ‘खान त सबै मन थियो । तर, मलाई डाक्टरले बाहिरको खाना नखानू भनेको छ... !’

पाठकको प्रतिक्रिया
अन्य किताबहरू
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस