मिझोर

लेखक : प्रसन्न घिमिरे
प्रकाशक : सांग्रिला बुक्स
बितरक : कविता

पृष्ठ : २२४ | मूल्य : ३७५

 

पुस्तक बाट 

 

आदिबासी

ती आदिबासी कहाँ गए ?
म खोजिरहेछु

वृक्षको हाँगामा चित्र बनाउथे
किरणका लौरीले छोइदिँदा ब्यँुझन्थे

घरको अँध्यारो कुनामा
आफ्ना औजारहरू राख्थे
औजार उज्यालोमा राख्नु हुन्न
केटाकेटीहरूको भर हुँदैन भन्थे

तलाउ बनाउथे, इनार खन्थे
खोला सफा राख्थे
उचाइमा बनाउथे घर
बेंसीमा बाली उब्जाउँथे

भेडाबाख्रा पाल्दथे
उत्सव मनाउन कुनै मानिस होइन
उही भेडाबाख्रा काट्थे
जोगाउँथे मानिसलाई काटिनबाट
अनि भन्थे–
यही नै हो धर्म, यही नै हो संस्कार

बर्मा, मणिपुर, हङकङ, भुटान, मेघालय
कहाँ गए ?
युरोप, अष्ट्रेलिया, जापान, अमेरिका, बेलायत
कहाँ गए ?

ती आदिबासी कहाँ गए ?
म खोजिरहेछु
मेरो हृदयमा उनीहरूको लागि प्रेम नै प्रेम छ

जानेहरूको लागि किन यसरी प्रेम हुन्छ हँ ?

पाठकको प्रतिक्रिया
अन्य किताबहरू
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस