निर्णय

लेखक : गायत्री अधिकारी
प्रकाशक : युरेका पब्लिकेसन्स
बितरक : कथा

सम्बन्ध


समिरलाई पहिलो पटक भेट्दा नै उसको कुरा गर्नै शैली, हातको हाउभाउ र सेतो चस्मा भित्रको आँखाको छड्के हेराइसँग प्रभावित मेरो मन त्यतिखेरै नजानिदो गरी उत्तेजित भएको थियो । तर मेरा आँखाको चाल, शारीरिक कम्पन, शब्दको बुनोट र शैलीलाई सन्तुलनमा राखेर अहम्को लगाम लगाएँ ।


दुई–चार पटकको भेटपछि हामी एक–अर्काको पुरक हौँ भन्ने पारिवारिक सहमतिबाट निश्चित भयो । समिरको त्यो निर्दोष हेराइ, आकर्षक अनुहार र शरीरसँग मेरो अहम्ले हारेपछि बाँधिएका थियौं बन्धनमा । समिर र मेरो लाइफको करिअर उत्तिकै सम्मानजनक र बलियो छ । तर हाम्रो जीवनसँग जोडिएको परिवार, समाज, प्रकृति र रितिरीवाजबाट हामी टाढिन सकेनौँ र सक्दैनौँ । अनावश्यक संस्कार र शिष्टताको पहिचान खोज्छ रूढिग्रस्त समाज । हो मेरो व्यक्तिगत जीवनको करिअर बलियो र सम्मानजनक भए पनि दहेजप्रथा हावी छ समाजमा र उत्तिकै चुलिएको छ हिमालझैँ ।


कुनै अभावसँग परिचित नभएर शहरिया वातावरणमा जन्मेर हुर्केको यो भौतिक शरीरका प्रत्येक अङ्ग निर्जीव सरह भएको छ आज । करिअर स्ट्रङ बनाउन भेटघाट पातलिएपछि सम्बन्धमा सुमधुरता छाउन सकेन । विस्तारै मानसिक द्वन्द्वको टेम्परेचर बढ्र्दै गएर ६० डिग्रीमा पुगेपछि समिर अध्ययनका लागि काठमाडौँ गयो र पूरै सम्पर्कविहिन भैदियो । मेरो जागिर पर्सामा थियो । उसको आदेशअनुसार म घरमा बस्नु पथ्र्याे तर कहिले काहीँ एक÷दुई दिनको लाग मात्र जान्थेँ । म साथीसँग रुममा बसेकी थिएँ । तराईको चलन आफैमा त डर लाग्छ नै । तराइका मानवका धारणाअनुसार बुहारीको भूमिका निभाउन नसक्नु मेरो कमजोरी । मलाई लागेन कि मैले ठूलै गल्ति गरिरहेकी छु ।


यो पनि मलाई पत्ता थिएन कि फेरि समिर एम.डि. गर्न चाइना जाँदैछ । मातृभूमिमै रहँदा पनि भौतिक रूपमा छलिएका हामी अब त मानसिक रूपमा टाढा हुन के बेर । ममा परिपक्वता नभएरै होला, सम्बन्धमा ध्यान नपुगेको । जब समिरले चाइनाबाट भन्ने गथ्र्याे तिमी विवाहित हौ, स्वतन्त्र रूपमा बाहिर नबस । मलाई भने करिअरसँग सरोकार थियो र विना टर्चर फ्रिडम मनपर्ने ! मेरो चाहनाअनुरूप मेरो प्रोफेशनल लाइफमा रमाउन चाहनु । के मेरो दोष हुन्छ र ? बुहारी कम भएकै कारण खराब पात्र भनेर पुष्ट्याउन विवेकशील मान्छेको मनले भन्छ र ?


चाइनामा समिरको एम.डि. पहिलो वर्ष चहिरहँदा मेरो जागिर पर्सामा चलिरहेको थियो । उसको आग्रहको लगाममा म रहन सकिन । ऊ एक वर्ष नहुँदै नेपाल आएको बेलामा मेरो पनि एम.डि. गर्ने इच्छा भएपछि कसैले नकार्न सकेनन् । अन्ततः म पनि चाइना नै पढ्न जाने भएपछि मेरो जिकिरसँग समिरको नजानिँदो इष्र्या हो वा टक्करको लाक्षणिक दृष्टिपात भएको बुझ्न गाह्रो परेन मलाई । यस्तै हो नेपाली पुरुषप्रधान समाजको काइते पारा । जसलाई एक रत्ति महŒव दिइन मैले । हामी विवाहित जोडी चाइनामा एउटै घरको फरक अपार्टमेन्टमा बिजोडी भएर बस्नु पर्दाको मानसिक तनाव ९९ डिग्रीमा पुग्यो । समिरको भने हिसाब लगाउन सकिन । समिर किन अलग रहन चाहन्छ ? उसका गलफ्याण्ड होलान् ? नत्र मलाई किन इन्ट्री गर्दैन उसको कोठामा ?


अविश्वास एक–अर्कामा झ्याङ्गिन थालेपछि आरोप–प्रत्यारोपका विज प्रशस्त रोपिन थाले । कसरी भयो यो सब सृजना ? मैले हल्का रूपमा भनेका जिस्किएका शब्दको प्रतिकृया मेरो मन–मस्तिष्कको हजार माइल गहिरो छेड्ने गरी सामान्य शब्द प्रहार गर्छ ऊ । मेरो पढाइ बिग्रन्छ मेरो कोठामा नआउनु !


यस्तो प्रपञ्च आखिर किन ? समिर मेरो इन्ट्री किन चाहँदैनौ तिमी ? तिम्रो हृदयमा कसले राज ग¥यो ? ऊ दिँदैन प्रतिकृया । मेरो उपस्थिति नै उसका लागि असह्य भएको अनुहार पढेँ । उसका सामान्य शब्दको तेजले जिउँदै म जलिरहँदा पनि समिर भित्रै फरार भैरहन्थे । साँच्ची नै हाम्रो उमेरमा घोत्लिँदा फरक लैङ्गिकसँग आकर्षणमा पर्नुमात्र होइन, प्रकृतिको चक्रसँगै शारीरिक आवश्यकता भित्र पर्छ नै ।
उसले तेस्र्याएको तिर मात्र मेरो छातीमा रोपियो भनेर सत्यताको खिल्ली उडाउन सक्दिन । मैले जोडसँग हानेको तिर पनि उसको छातिमा रोपिए होलान् । जसले गर्दा कोर्टको घेरामा उपस्थित हुन बाध्य बनायो । बिहेपछि उसका कयौँ आदेशलाई शिरोपर नगरी स्वतन्त्र रूपमा बस्दाका काल्पनिक सचित्रले उसको मन मस्तिष्कमा विषयुक्त रसायन उत्पन्न गरायो ।


यसो भनिरहँदा उसमाथि अन्याय नहोस् । हो, समिरमा सरलपन छ, आकर्षण छ, करिअरमा स्ट्रङ छ तर उसका इच्छाअनुरूपका मेरा पाइला थिएनन्, जहाँ प्रत्येक शब्दलाई शिरोपर गरेर चाल्ने ।


शहरीया वातावरणमा र अध्ययनका सिलसिलामा स्वतन्त्र रहँदा म डगमगाउन नचाहेपछि ख्याल–ख्याल साँच्चैमा परिणत भयो । समिरले यसलाई स्वाभाविक मान्न तयार नभएपछि सृजित भए एक–एक गरी विच्छेदका विवरण ।


जब मलाई समिरबाट टाढा हुँदैछु भन्ने ख्याल हुन थाल्यो, धेरै ढिलो भैसकेको थियो । अब दैलो देख्नुको औचित्य सकियो भनेर समिर बारम्बार विष बमन गरिरहन्छ । उसको चालचलनमा राम्ररी नभिज्दै सम्बन्ध तोडिने तरखरमा छ । जब मलाइ आभाष हुन थाल्यो – तराई÷गाउँघर, सासु–ससुरा, घरेलु हिंसा, दहेजप्रथा, मेलडो मिनेन्ट समाज र नेपालमा नारीको अवस्था ।


यी सबै कुरालाई मैले सामान्य रूपमा लिनु मेरो गल्ति ? आज झस्किँदैछु । ऐन, कानून समाज र संविधानको ऐनामा आफूलाई मूल्याङ्कन गर्दैगर्दा । मेरो प्रोफेशनल लाइफमा चाहे जति आफ्नो अधिकार प्रयोग गरेर रमाउन म नसकुँ ? समिर तिमी यति बुझ्दैनौ ? अहँ, मेरो कुनै अनुनय सुन्दैन ऊ । उसको सुगा रटान छ । पाँच वर्षसम्म व्यवहारमा कनेक्सन नभएपछि सम्बन्ध कसरी प्रगाढ बन्छ अब ? बिझेका प्रत्येक खिल निकालेर पनि घाऊ सन्चो नहुने भएपछि तपाईसँग मायाँ बस्न त के एकै ठाउँमा बस्न पनि सक्दिन भनिरहन्छ, ऊ । उसले मलाई अरू नै मान्छे सरह तपाई÷वहाँ सम्बोधन गरिरहँदा लाग्छ म उसको कोइ पनि होइन, तर अहँ मलाई लाग्दैन कि उसमाथि मैले अधिकार जमाउने आधार छैन ।


उसले कोटमा बुझाएको निवेदनको मर्यादा भङ्ग गर्न चाहँदैन, ऊ अडिक छ । परम्परादेखि नै नेपालमा चलिरहेको फेमिनिज्मको काइतेपारा जसलाई एकरत्ति महŒव दिइँन मैले । चाइनामा एउटै घरमा छुट्टा–छुट्टै बस्दाको पीडाको शिकार ममात्र होइन ऊ पनि भयो होला । उसको रुममा जाने अधिकार मलाई नभएर अरू केटीहरूलाई हुँदा लाग्दो हो समिरलाई इश्र्याले म जलिरहुँ भुङ्ग्रोमा परेझैँ ! यसरी नै हाम्रो मौनयुद्ध खपिनसक्नुको चरणमा थियो । प्रायःजसो देखादेख भैरहँदा पनि मनैबाट बोल्न मन लागेर पनि सकिँन, तर एकदिन समिरको र मेरो क्यान्टिनमा भेट हुँदा मैले आफ्नो अधिकारको प्रयोग गर्न खोज्दै भनेँ –


‘‘सरी... समिर ..... ममा मेचुअडपनको कमीले गल्ति गरे हुँला, तिम्रै रुममा बस्न देऊ । के म तिम्रै श्रीमती होइन र ? मैले छुट्टै रुम लिन आवश्यक हन्छ र ?” समिरको अनुहारको मप्रतिको एस्प्रेसन विगतका इतिहासको स्मरण गराउँदै अभिव्यक्त गर्छ । मैले तपाईलाइ खुसी पार्न सकिन ? मसँग बस्ने कष्ट नगरेकै बेस होला । प्लिज जानुस्, ऊ हात जोडेर पन्छाउन खोज्छ ।


कान ठाडो पारिरहेका दायाँबायाँका मान्छेका झुण्डसँग सरोकार राखिँन मैले, सवाल थियो जिन्दगीका सपनाहरूको । समिर किन यसरी भाग्छ मदेखि ? बिहेपछिका हरेक उतार–चढावलाई जोड, घटाऊ, गुणन केही गर्न बाँकी नराखी दिमागलाई भारी बोकाएर हिँडछ समिर ! म हल्का रूपमा लिँदै बिर्सिंदै गर्छु । उसका ममी र बाबाको असन्तुष्टि समेत थपेर जोड गर्दै जान्छ, म घटाउँदै जावस् भन्ने चाहन्छु । यति विध्न सिरियस्ली लिन्छन् तिल जत्रो कुरालाई एजुकेटेड मान्छेले ?


जब मलाई समिरले तपाई÷हजुर÷वहाँ भन्दै सम्बोधन गरिरहँदा चसक्क लाग्छ, बरु तँ नै भनोस् मलाई कम्तिमा उसैकी हँु की भन्ने त लाग्थ्यो । नेपालको परम्परा कहाँ सहिसक्नु छ र ? स्मरण ताजै छ मलाई, पश्चिम नेपालको अछाम, डोटी, बाजुरा ...जस्ता जिल्लामा जुन श्रीमान्ले श्रीमतीको कानको लोति नै चुँडाइदिन्छ, उसले धेरै माया गरेको ठहरिन्छभन्दा कठै नेपालको चलन ! भन्न मन लाग्छ । यस्तै सम्झेँ, समिरले मलाई सम्बोधन गर्दा लाग्छ म उसको कोइ पनि होइन । उसमाथि अधिकार जमाउने आधार भएर पनि एकदिन अदालतले फैसला सुनायो, मैले आफ्नो खाने, बस्ने व्यवस्था आफै गरेर अलग्गै बस्नुपर्ने रे ! यो कहाँको न्याय हो ? सामाजिक मान्यताको खिल्ली उडाएर अदालतले यस्तो निर्णय गर्न सुहाउँछ ? बिहे गरेपछि कम्तिमा गाँस, बास र कपासको व्यवस्था श्रीमान्ले गर्नुपर्ने होइन ?


मेरो यस्तो विलौना पत्रकारसँग थियो । पत्रकारले मसँग सूक्ष्म रूपमा केरकार गर्दै मेरै सपोर्ट गथ्र्यो । तर समिर अनि अदालतसँग मेरो द्वन्द्व चलिरह्यो । फेरि मैले दवाब दिँदा उल्टिएर समिरको परिवाले घरै छाडिदिए । त्यो भूत बँगालामा म एक्लै छु, सिर्पm एक्लै ! समिर पढ्ने बहानामा फेरि विदेश पलायन भयो । मैले कसरी विश्वास गरुँ ? म समिरकै अधिकारसँग जोडिएकी छु । भौतिक रूपमा जोडिन भावनात्मक बाटो अपनाउन पनि त्यति सजिलो कहाँ छ र समिरसँग ! समिरको भूत बङ्गलामा उसको थोत्रो कपडा वा सउले प्रयोग गर्ने सामान छोएर, हेरेर, सुम्सुम्याएर बस्नुको औचित्य होला र ! अनेकौँ कुराका उथलपुथलले भारी मन–मस्तिष्क बोकेर क्लिनिक पुग्छु र सयौँको नमस्ते खाइरहँदा लाग्छ आफू–सम्मानित भएर बाँच्न पाउनुको छुट्टै आनन्द भएर पनि चस्किरहन्छ छाती, झस्किरहन्छु उही कुराले ।


समिर किन सोचिरहन्छ मेरो ब्वाइफ््रयाण्ड थियो होला, त्यसबाट धोका खाएर बल्ल मलाई सम्झिन थाली । उसलाई कसरी विश्वास दिलाउँ ? कि मैले पनि उसले जस्तै नाटक गरी रहेकी थिएँ केटा साथीसँग गफ गर्ने, जिस्केजस्तो गर्ने र नोटहरू सेयर गर्ने आदि–आदि । यस्तै प्रक्रिया उसको पनि त थियो । उसले पनि मसित कुरा नगरेर गर्लफ्य्राण्ड त नभनौँ अरू केटीलाई आफ्नो कोठामा इन्ट्रि गथ्र्याे, तर मलाई भने निषेध .... । कस्तो विडम्बना ! आखिर दुवैको कमजोरी बराबर होइन र ? दुवैले गरेका नाटक दुवैलाई असह्य हुँदैन र ?


पुरुषप्रधान समाजको ऐना हेरेर बसेको समिरले मेरै मात्र कमजोरी देखाएर फुत्किन खोज्नुलाई तपाईले कसरी लिनुहुन्छ थाहा छैन ? मलाई सोध्नुहुन्छ भने श्रीमान्–श्रीमतीबीचको सम्बन्ध होस् वा साथीको सम्बन्ध टिकाउन कम्प्रोमाइज गर्नुपर्छ नै ! निकै ध्यान दिएर सुनिरहेको पत्रकारले प्रश्न तेस्र्याउँदै भन्छ ः


“हो, सुप्रिया जी ! तपाईको कुरा सही हो; तर समिरका अनुसार बिहेपछिका पाँच वर्षमा तपाई र समिरको बीचमा हुनुपर्ने श्रीमान्–श्रीमतीको व्यवहार हात्तीको दाँत झै छर्लङ्ग थियो भन्ने कुरालाई स्वीकार्नु हुन्छ ? भाग्न खोज्ने मान्छेको बहाना धेरै हुन्छन् ।” “सर, तपाई पनि तराइको रीतिरिवाजसँग परिचित मान्छे । यहाँ विवाहित महिलालाई कुवाको भ्यागुता सरह बनाइन्छ भनेर बुझाइ रहनु नपर्ला । डाक्टर पढ्न सजिलो छैन, लगानी गरेपछि त्यसलाई कम्पिलिट गर्नु मेरो पहिलो प्राथमिकतामा राखेर बुहारीको भूमिका कम निभाएको सत्य हो । यहाँ मैले गल्ती गरेँ र ? बिहेपछि श्रीमान्को घरमा कम बस्दैमा वा परिस्थितिवस बाहिर बस्दैमा श्रीमान्–श्रीमतीको नाता रहँदैन भन्ने समिरको भनाइप्रति आपत्ती जनाउनु मेरो अधिकार होइन र ?”


कहिलेकाहीँ घरमा जाँदा सासु–ससुराले दहेजका विषयमा, खानावानाका स्वाद नही, अनुहारमा चमक नही, मेरो छोरालाई सुहाएको छैन आदि घोचपेच गर्दा पनि सहेकै थिएँ । त्यसपछि विवाद नगरी फ्रिडम खोज्नु के मेरो गल्ती हो ? मप्रति उनिहरूको दृष्टिकोण नराम्रो भएपछि भेटघाट कम भएको कुरालाई केन्द्र बनाएर सम्वन्ध विच्छेद गर्नु समिरको सही निर्णय थियो त ?


पत्रकार र मेरो बीचमा प्रश्नको प्रतिप्रश्न चलिरहेको थियो । प्रश्नको थुप्रोले कुनै बेला हल्का बनाउँथ्यो त कुनैबेला त्यसैले किचेर निसास्सिएझँै प्रतीत हुन्थ्यो । पत्रकारसँगको मेरो कुराकानी सकिएपछि फेरि म भावनामा डुब्न थालेँ । म समिरसँग बस्न चाहन्छु, तर ऊ भने अलग्गिन ! अब मेरा भावनात्मक अक्षरहरूले विदेशमा रहेको समिरको मन पगालेर सँगै बस्ने वातावरण सृजना होला ? आफैलाई गरेको प्रश्नको उत्तरका मोडेलहरू मनभरि ओइरिए पनि के गर्नु कोठाभरि सून्यता छाइरहेको थियो ।


बिहानको १० बज्दै थियो सँगै डाक्टर पढेको साथी कुशलले कल ग¥यो घरमा आउने अनुमति माग्यो । खुब सोचेँ के गरुँ, कसो गरुँ भयो । सामान्य भेटघाटका लागि पनि डराउनुपर्ने ? डन्ट केयर । मनमनै सोचे र भनिदिएँ – “आऊ ।”


उसैबेला समिरको मामा आइपुग्नु भयो, एकछिनपछि कुशल आइपुग्यो र हाइ ! भन्दै हात मिलायो । मामाले राम्रो नजरले नहेरेको बुझ्न गाह्रो परेन मलाई । “भान्जी, को हुन यी बाबु ?” भनेर सोध्नु भयो ।
मैले भनेँ – “साथी ।”


मामाको मुखमा अरू प्रश्नहरू पनि सल्बलाइरहेका थिए, तर चुपचाप आँखा गाढेर हेरिरहनु भयो । साथीहरू भेट्न आउनु स्वाभाविकै थियो । कोही सान्त्वना दिन र सम्झाउन आउँथे त कोही यत्तिकै भेटघाट गर्न । डा. भएको नाताले पेसेन्ट पनि त आँउछन् । के म त्यस घरमा सँधै एक्लै रहिरहने कुरा आउँछ र ! म पनि त मान्छे हुँ, मान्छे भएको ठाउँमा मान्छे नै त आउँछन् । मामाप्रति लक्षित यी कुरालाई मुखले व्यक्त गर्न पनि सकिन । कुशल फ््रयाङ्क छ, फेरि मामाकै अगाडि केके भन्ला भन्ने तनाव मडारिरह्यो मनभरि । म चिया पकाउन किचनमा जाँदा धन्नै कुशल गएन उहीँ । मामालाई नियालेपछि अरू बेलाभन्दा कम बोल्यो । कुशल छिटो जाओस् भन्ने चाहन्थेँ, मामाको अगाडि भएरमात्र होइन ममात्र हुँदा पनि कोही पुरुषको प्रवेश मलाई अनुचित लागेर पनि व्यक्त गर्न सक्थिनँ ।


केहीबेरको चिया गफपछि मामा र कुशल बाहिरिए । कुशल मामाभन्दा पहिला निस्केपछि नै मलाई ढुक्क महसुस भयो । यसको मतलब यो होइनकी दोषमुक्त रहेँ ।


(अहँ मलाई कुनै चासो थिएन कुशलप्रति ।)
कुशल समिरभन्दा हेण्डसम भए पनि मेरो दिलको कुनै कुनामा नाम–निशानाको छाप समेत लगाएको छैन । कुशल सोच्दो हो साथी बनाउने बहानामा भेट्ने । हिजो, अस्ती कोठाको भित्तातिर चाँसो गरिन । तर आज भित्ताको चारैतिर आँखा डुल्यो, रित्तो कोठामा समिरको पुरानो फ्रेम भएको फोटो झुण्डिरहेको थियो । समिरसँगको भेट यर्थाथमा हुन्छ वा हुन्न थाछैन । स्कुले जीवनको फोटो भित्ताबाट निकालेर टेबलमा अड्याएर राखेँ, उसका प्रत्येक अङ्ग–अङ्ग कोमल र सुन्दर लागे । खुब हेरेँ, उसले एङ्गेज्मेन्टपछि सुम्सुम्याएको औँलाहरूलाई एकपटक चुमँे; अविस्मरणीय थिए ती पलहरू ।


मोबाइलमा घण्टी बज्यो, समिरको यादले पिरोलिरह्यो । चाहन्थँे यो फोन उसैले गरेको होस् । तर के गनुर्, कुशलकै थियो । मनमनै सोचेँ फेरि के भन्न थाल्यो । लाष्ट घण्टीमा उठाएँ जाँगर नलागिकन । यस्तै रहेछ जीवन भन्ने चीज ! मन नलागेको कुरामा औपचारिकता निभाउन कति गाह्रो हुँदोरहेछ ।


“हेलो सुप्रिया, के गरिराको ?” उसको प्रश्नको उत्तर दिने जागँर छैन तैपनि भनिदिन्छु “यत्तिकै बसिराको ।” “फिल्म हेर्न जाने हो ?” “टाइम छैन मसँग !” मेरो उत्तरसँग असहमति जनाउँदै भन्छ “के ल्याङ्–ल्याङ् गछ्र्यौ, तिम्रै लागि भन्या हो ।” मैले “बाइ !” भनेर फोन काटेँ । केही बोल्ने जागर छैन । मोबाइलमा समिरको म्यासेन्जर बक्समा लेख्न थालेँ –


‘समिर, म तिमै्र यादले छटपटिएकी छु र तिमै प्रतीक्षामा बसिरहन्छु जीवनभर । तिम्ले शायदै पत्याउला यसो भनिरहँदा । तिम्रो घर तिमीबिना रोएको छ, दिन पनि अँध्यारो लाग्छ । यो शहरमा, जहाँ तिमी छैनौ । तिमी त्यति कठोर त थिएनौ, किन मलाइ तड्पाएर राख्छौ ? तिम्ले सोचे जस्तो म होइन र हुन पनि सक्दिनभन्दा तिम्लाइ नाटकको मञ्चमा गरिने अभिनय लाग्ला । तिमी एकपटक आऊ, प्लिज समिर आऊ । मलाइ तिम्रै मायामा चुर्लुम्म डुब्ने रहर छ ।’ लेखिसकेपछि एकछिन सोचेँ र म्यासेज सेण्ड गरिदिएँ ।

पाठकको प्रतिक्रिया
अन्य किताबहरू
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस