देश हिँडिरहन्छ म हिँडिरहन्छु

लेखक : विज्ञान कँडेल
प्रकाशक : साहित्य परिवार नेपाल मेडिकल कलेज
बितरक : साहित्य परिवार नेपाल मेडिकल कलेज

मुल्य: २००
पृष्ठ :६४
सर्वाधिकार © गजलकारमा सुरक्षित

 

विज्ञान आफ्नो उमेरभन्दा दोब्बर पाको गजल लेख्छन् । यसकारण लेख्छन् कि यिनले बुझेका छन्, गन्थन, मनन् र चौतारीभन्दा पर अर्को पनि समाज छ । जुन समाजका लागि पनि गजल लेखिनुपर्छ । —बाबु त्रिपाठी

 

पुस्तक भित्रको एउटा गजल

शब्दको एम्बुसमा विचारको बारुद पड्काउँछु
म आफैँभित्र अमरसिंह र भीमसेन ब्युँताउँछु

जाजो खेल्दै छौ देशलाई जुवामा दाउ राखी
याद राख छाड्दिन म, सबलाई सिध्याउँछु

अँध्यारो छरीराख तिमी यी बस्तीहरूमा
म कहिल्यै नअस्ताउने घाम बनी उदाउँछु

खम्बा उखेल्दैमा तिमीले सीमा मिचिँदैन मेरो
जहाँजहाँ उखेल्छौ, स्वयंलाई त्यहाँ उभ्याउँछु

पृष्ठ—६४

पाठकको प्रतिक्रिया
अन्य किताबहरू
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस