किन मुस्कुराउँदैन मेरो देश

लेखक : कृपेश श्रेष्ठ
प्रकाशक : कल्पना श्रेष्ठ
बितरक :

वर्ष : २०७०
संस्करण : प्रथम
आवरण : लालकाजी लामा
मूल्य : रु. १७५

संग्रहबाटः


 
किन मुस्कुराउँदैन मेरो देश ?

म एउटा देश हेरिरहेको छु
जहाँ,
हरेक बिहान हृदयले सगरमाथा छुन्छ र
छाती गर्वले फुल्छ ।

हरेक प्रार्थनामा
मनले लुम्बिनी टेक्छ र
शान्तिको कामना गर्छ

फराकिलो क्षितिज नाप्ने
स्वयम्भुको आँखामा
हरेका साँझ
रमाइरहेको नेपाली पन भेटिन्छ ।

म एउटा देश खोजिरहेको छु
जहाँ सधैं
गण्डकी प्रेमको गीत गुनगुनाउँछ,
कर्णाली एकताको हात फैलाउँछ र
कोशी चेतनाको दुन्दुभी बजाउँछ
मादलको तालमा चल्छन् मेरा गोडाहरु
खुट्टाहरु देउडाको तालमा उठ्छन्
र मारुनीमा कम्मर मर्किन्छन् ।

कौडामा मचिन्छन् शरीर र
साकेलामा फनक्कै घुम्छौँ हामी
मलाई पुग्ने रहर छ त्यस्तो देशमा
जहाँ माछापुच्छ«े फेवामा पौडिन्छ आनन्दले,
रारा अप्सरा
हिमालको छायासँग प्रेमालाप गर्छ र
संसारकै मन लोभ्याउँछ

यति हुँदाहुँदै
म मनभरी प्रश्न बोकिरहन्छु सधैंभरि
किन अनुहारमा उज्यालो बोक्दैन मेरो देश !
किन मुस्कुराउँदैन मेरो देश !

पाठकको प्रतिक्रिया
अन्य किताबहरू
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस