ओपन सेक्रेट

लेखक : केपी ढुंगाना
प्रकाशक : फाइन प्रिन्ट
बितरक : फाइन प्रिन्ट

मूल्य : रु. २५०/-
पृष्ठ : २८९

'ओपन सेक्रेट'मा केपीले पर्याप्त जोखिम उठाएका छन्। हिरोइनको 'वार्डरोब मालफंक्सन'को एक कोलम समाचार लेख्दा त जोखिमपूर्ण हुने पत्रकारका लागि 'असुरक्षित' परिवेशमा बन्दुकसँग खेल्ने, हिंसा पेसा हुनेहरूबारे लेख्नु दुस्साहस नभए के हो?

***

'ओपन सेक्रेट' पढ्दै जाँदा तपाईँका आँखाबाट धेरै ठाउँमा खुनको आँसु बग्छ। किताबको 'अन्तरदेशीय हत्याकाण्ड' खण्ड अन्तर्गत 'केबुल किङ जमिम' अध्याय पढेपछि उद्वेलित नभइरहन सकिन्न। सञ्चार उद्यमी जमिम शाह हत्याकाण्डको पृष्ठभूमिदेखिका स-साना डिटेललाई लेखकले सावधानीपूर्वक उनेका छन्। सुरक्षा संयन्त्र र राज्य व्यवस्थाका टाउकेहरू सबैलाई थाहा थियो- जमिम मारिनेछन्। तर, उनीहरू हात बाँधेर बसिदिए, अकर्मण्यताको हद पार गरेर। मानौँ, जमिम दिनदहाडै बीचबजारमा मारिन अभिशप्त थिए। आफ्ना नागरिकको सुरक्षाप्रति राज्यले यति उदासीनता देखाउन पाउँछ कि पाउँदैन? यस प्रश्नले पाठक अवश्य तिलमिलाउँछन्। घटनामा संलग्न जगदीश चन्द अपराध महाशाखाका प्रमुख रणबहादुर चन्दसँग बेफिक्री कफी पिइरहेका थिए। पछि 'प्रहरीले भगायो जगदीशलाई' समाचार लेख्न बाध्य भए केपी। हिन्दी उखान 'चोर पुलिस भाइ भाइ'
थुप्रै घटनामा चरितार्थ भएका छन् (म माफी माग्न चाहन्छु, ती इमानदार प्रहरीहरूसँग, जो चोरलाई दुस्मन ठान्छन् )।

-विनोदविक्रम केसी

(पुस्तक अस्ट्रेलियामा पनि उपलब्ध छ । )

पाठकको प्रतिक्रिया
अन्य किताबहरू
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस