बाटो खोज्दै बाटोमा

लेखक : हरिमाया भेटवाल
प्रकाशक : शब्दार्थ प्रकाशन
बितरक : कविता


हरिमाया भेटवालका यस अघि दुई कथा संग्रह र एउटा नाटक संग्रह प्रकाशित छन् ।

पुस्तकभित्रबाट

___________________

बाटो खोज्दै बाटामा


हिँड्न थालेपछि प्रेम भएको हो बाटोसँग ,
बाटोको उचाईसँग
बाटोको गहिराईसँग
बाटोमै देखे उनीहररूले
जीवनका इन्द्रेणी फुलहरू
अंगार जस्ता काला अनुहारमा
सेता बिचारका हुलहरू
अलिकति उज्यालोलार्इ कुपिमा कैद गरेर
अँध्यारो जोत्न हिँडेका हली उनीहरू
आँफै जोतिँदा जोतिँदै
कोहि अरब पुगे , कोहि मुग्लान
अलिकति भोकलाई पटुकी कसेर
भत्काउन हिँडेका भोका साम्राज्य उनीहरू
आफै भोकको एम्बुसमा परे
र पानी पनि भन्न नपाई मरे
बाँचेकाहररू फेरी पनि हिँडिरहे बाटोमै
अझै पनि यो जुवाडे समय
च्याखे थाँपिरहन्छ रगतको
र बजाईरहन्छ संख
उसैको धुनले
कतिपटक लडे बाटोमा हिँड्नेहरू
र पनि टुटेन प्रेम बाटोसँगको
अनवरत हिडिरहे
लू आयो
र अलिकति खुइल्याएर लग्यो शरीरको छाला
आँधी आयो
र दक्षिणतिरको छानु अलिकति उडायो
बाढी आयो
र कोशीसंगै बगायो पसिनाको कमाई
अनि यसपटक भुँइचालो आयो
र बिधवा बनायो समय
उही बिधवा समयलाई बोकेर फेरी पनि हिँडे
बाटोमै मान्छेहरू
हिँड्दा हिँड्दै अध्यारोमै पनि बाटो देख्ने भए उनीहरू
र त देखे बाटोमै बाटोको गुप्ताङ्ग
र बलात्कृत अनुहारहरू
यतिबेला
बाटो खोज्दै बाटोमै उभिएकाछन् उनीहरू !

पाठकको प्रतिक्रिया
अन्य किताबहरू
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस