इन्द्रमायाको देशमा

लेखक : एल.बी. क्षेत्री
प्रकाशक : चरैवेती प्रकाशन
बितरक : चरैवेती प्रकाशन

मूल्य: रु २००

पृष्ठ: ९४

 

एल.बी. क्षेत्री प्रस्तुत इन्द्रमायाको देशमा कृतिमा कथाकार एवम् लघुकथाकारका रूपमा उपस्थित भएका छन् । मलाई एल. बी. का यी कथा, लघुकथासँग संवाद गर्न मन छ र दुईतीन पटक संवाद गरिसकेको छु पनि । नबोलेरै धेरै कुरा बोल्छन् यी कथा र लघुकथा । यी कथा र लघुकथासँग मैले एक्लै संवाद गर्दा निम्नलिखित निष्कर्षमा पुगेको छु म :

१ः यी रचना, लघुकथा र कथा ले युगीन राजनीतिक सङ्गतिहीनताको धज्जी उडाएका छन् ।
२ः देशको अर्थव्यवस्था र आर्थिक विषमताको चुरो खोतलेका छन् ।
३: मान्छेका अहङ्कारप्रति ठूलै अस्त्र प्रहार गरेका छन् ।
४: राष्ट्रियताको गहिरो भाव अभिव्यक्त गरेका छन् ।
५: मान्छेका वैयक्तिक र मनोवैज्ञानिक कमजोरीलाई गजबले देखाएका छन् ।
६: आफ्ना वैयक्तिक भोगाइ, अनुभूति र अनुभवहरूले कथानकको स्वरूपमा उभिएर लघुकथा र कथाको परिचय पाएका छन् ।
७: मान्छेका संवेदना र प्रेमका अगाडि जनुसुकै किसिमको सत्ता पनि कमजोर हुन्छ भन्ने कुरा बताएका छन् ।  
८: अनेकौँ विडम्बना, विपर्यास र बिब्ल्याँटा परिस्थितिको यथार्थ अङ्कन भएको छ ।
९: परम्परित मूल्य र मान्यताहरूको भञ्जन हुन थालेको कुरा देखाएका छन् ।  
१०: कतिपय कथामा विनिर्माण छ, उत्तरपठन छ, विपठन  छ र शैलीका नयाँ बान्कीहरू छन् ।
११: कतिपय कथा र लघुकथा प्रतीकात्मक छन्, बिम्बात्मक छन् र तिनले आफ्नो कुरा सोझै भन्दैनन् ।
१२: कतिपय कथा र लघुकथामा पाठकलाई अर्थ लगाउने खुला ठाउँ छ अर्थात् ओपन स्पेस छ ।

डा. लक्ष्मणप्रसाद गौतम

 
(यो समिक्षाको सानो अंशमात्र हो)




पुस्तक भित्रको एउटा कथा :

 

शिक्षक आनन्द


नवनियुक्त अङ्ग्रेजीका शिक्षक कौशलेन्द्रले आफ्नो पहिलो दिन पहिलो कक्षामा प्रवेश गरे र भने,

‘आई एम योर इङ्लिस टिचर एन्ड नाउ आई एम गोइङ्ग टु टिच यु फस्र्ट च्याप्टअ ।’

एउटा विद्यार्थीले हात उठायो, जुरुक्क उठ्यो र भन्न थाल्यो—

‘सर अलिक सरल अङ्ग्रेजी बोल्नुस् । हामीले बुझ्ने अङ्ग्रेजी बोल्नुस् न ।’

‘भाइ, तपाईंहरू यति माथिल्लो कक्षाका विद्यार्थी, यस्तो कुरा नगर्ने होइन र ?

अर्को विद्यार्थी जुरुक्क उठेर भन्यो,

‘सर तपाईं धेरै बोल्दै हुनुहुन्छ कम बोल्नुस् । हामी तपाईंको भाषण सुन्न आएको होइन ।’

एउटा अर्को विद्यार्थीले उठ्दै भन्यो, ‘सर, तपाईं पढाउन आएको कि राजनीति गर्न ?

‘पढाउन आएका हो भने पढाउनुस् र खुरुक्क जानुस्’

कुनै प्रतिक्रिया नजनाई कौशलेन्द्र कक्षाबाट निस्किए, राजिनामा लेखे, क्याम्पस–प्रमुखको टेबुलमा राखेर ओठमा मुस्कानसहित घरतिर लागे । विकल्पमा रहेका अर्का शिक्षक आनन्दले नियुक्ति पाए, कक्षामा गए, सबैले बुझ्ने भाषामा अङ्ग्रेजी विषय पढाए । कुनै विरोध भएन । कक्षा समाप्तिपछि उनी ओठमा मुस्कानसहित मनमायाको पसल ‘भेटघाट’ तिर लागे ।

पाठकको प्रतिक्रिया
अन्य किताबहरू
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस