छोरीको देश

लेखक : बसन्त गौतम
प्रकाशक : पोखरेली युवा साँस्कृतिक परिवार
बितरक : कविता

मूल्य: २००
पृष्ठ:
७२

 

यथार्थ, पिडा र भ्रमहरु

बेग्लाबेग्लै क्षितिजबाट आएका
बेग्लाबेग्लै बाटाहरु हामी
यो बिसौनीमा भेटियौं
किन भेटियौं हामीरु
र कुन संयोगले भेटियौं ?

फरक आयामका हामी
एउटै आयाममा फैलियौं
फरक यामका हामी
एउटै बहारमा फक्रियौं
र फरक झङ्कार हामी
एउटै आवृत्तिमा तरंगियौं

अब भ्रमका पातला पर्दाहरु हालेर
हामी मस्त र अलमस्त सोचिरहेछौं
चाँडैनै हामी टाइम मेशीनमा प्रवेश गर्नेछौं
र नियतिलाई शुरुदेखिनै सच्याउनेछौं

तर यथार्थ त्यहीँ छ
यथार्थले बोकेको पिडा त्यहीं छ
र पिडा चिर्न असमर्थ छन्
हामीले सिर्जेका भ्रमहरु

अगाडि फेरि छुट्टिएका छन् यी बाटाहरु
फरक क्षितिजतिरको यात्राका लागि

अब हामी छुट्टिनेछौं
टिलपिल आँखाहरु जुधाऊँदै हामी
टाढा-टाढा हुनेछौं
र एकदिन पग्लिएर
यो आकाश र यो धर्तीभरि फैलिनेछौं

मेरा पैतालाहरु यात्रामा हुनेछन्
र मेरा आँखाहरु तिमीलाई खोजिरहनेछन्


म आकाशका ताराहरु गन्नेछु
बादलले रुप फेरेको हेर्नेछु
गोधूलीमा घर फर्केका चराहरु हेरेर सुस्केरा काढ्नेछु
म मन्दिर र मेलाका अनुहारहरु पढ्नेछु
कुनै झरीमा कतै ओत लागेर म
त्यसै त्यसै सुँक्सुँकाउनेछु
र घर पुगेर प्रेमपत्रजस्तो कविता लेख्नेछु
मान्छेहरु मेरो कल्पनाशीलताको प्रंशशा गर्नेछन्
म भने
मेरो कवितामा तिम्रो याद
केवल तिम्रो याद गाईरहेको हुनेछु

यो यात्राभरि अब
तिमी नहुनुको यथार्थ हुनेछ
यथार्थको पिडा हुनेछ
र हुनेछन्
पिडा चिर्न असमर्थ
मैले सिर्जेका अनगिन्ती भ्रमहरु
पिडा चिर्न असमर्थ
मैले सिर्जेका अनगिन्ती भ्रमहरु।

 

 

दुइ हजार बहत्तर

पिरैपिरका भीरहरु
दु:खै दु:खका पहाडहरु
बेदनाका भारी छातीभरि
यसपालि
पिरका भीरहरु अझै ठाडा भए
दुस्खका पहाडहरु अझै अग्ला भए
बेदनाका भारीहरुले अझै छाती अँठ्याए
तैपनि हिँड्न छाडिएन
पराइहरुले ढाडमा हिर्काए
‘आफ्ना’हरुले छातीमै हिर्काए
प्रहार गरीरहे, ढलाउन खोजीरहे
तैपनि शिर उठाउन छोडिएन
गोहीजस्ता पराइहरु
साँपजस्ता आफ्नाहरु
गोहीहरुले टोक्न छोडेनन्
साँपहरुले डस्न छोडेनन्
तैपनि हाँस्न छोडिएन
यी भीरहरुले मलाई अत्याउन सकेनन्
यी पहाडहरुले मलाई थकाउन सकेनन्
यी भारीहरुले मलाई गलाउन सकेनन्
अक्कर भीरहरुमा रत्यौली नाचिदिएँ मैले
डाँडापाखा गुञ्जाएर द्यौसी भट्याईदिएँ मैले
हाँसोका रंगहरु घोलेर होली खेलीदिएँ मैले
पीरै पीरका भीरहरु
दु:खै दु:खका पहाडहरु
बेदनाका भारी छातीभरि
तर उठ्न छोडिएन
हिँड्न छोडिएन
हाँस्न छोडिएन
नाच्न छोडिएन
यी भीरहरुले मलाई अत्याउन सक्ने छैनन्
यी पहाडहरुले मलाई थकाउन सक्ने छैनन्
यी भारीहरुले मलाई गलाउन सक्ने छैनन्
म उठ्न छोड्नेछैन
म हिँड्न छोड्नेछैन
म हाँस्न छोड्नेछैन
म नाच्न छोड्नेछैन।

 

पाठकको प्रतिक्रिया
अन्य किताबहरू
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस