अब्स्ट्र्याक्ट बैंकक

लेखक : खगेन्द्र पन्धाक लिम्बु
प्रकाशक : भगवती कडेल/मेनु कटुवाल
बितरक : पैरवी बुक हाउस

पेज : २२८

 

रबिन्द्र समिर :

खगेन्द्र पान्धाक लिम्बुको अब्स्ट्र्याक्ट ब्यान्कक ( Abstract Bangkok) उपन्यास भर्खर सके । यो उपन्यास निकै उत्कृष्ट छ । सरल भाषा, धाराप्रबाह आकर्षक शैलि, कौतुहलपूर्ण प्रस्तुति,एक यौनकर्मीको अन्तर्कथा, अमुर्तबोधी दर्शन, बिद्ध्वत धारणा, सिमान्तकृत एबम उत्पीडित महिलाको आत्मकथा तथा झिलिमिली bangkok शहरको श्यामश्वेत बास्तबिकता आदिले भरिपूर्ण यो कृति असाधारण तथा अनुसन्धानमुलक रहेको छ । खगेन्द्र लिम्बु नेपाली साहित्यमा अत्यन्तै सम्भाबना भएका अब्बल दर्जाका लेखक हुन भन्नुमा म गौरब गर्दछु । मैले छोटो समयमा देखेको तथा बुझेको Bangkok निकै सतही रहेछ । खगेन्द्र लिम्बुले निकै शुक्ष्मतम गहिराई देखिनै यो उपन्यास तयार गरेका छन । सलाम छ, भौतिक रुपमा अपरिचित उपन्यासकार खगेन्द्र लिम्बुलाई ।

पाठकको प्रतिक्रिया
अन्य किताबहरू
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस