र निःशब्द

लेखक : प्रसन्न घिमिरे
प्रकाशक : पाण्डुलिपि बुक्स
बितरक : पाण्डुलिपि बुक्स

मूल्य : १९९

बिधा : कविता

 

नौलो कोरियोग्राफिमा वाचाल कविताहरू

कवि प्रसन्न घिमिरेका “र निःशब्द”भित्रका कवितामा प्रशस्त आवेगहरू छन् । कविताका हरफहरूमा प्रशस्त पीडाका अवशेषहरू पनि अनुभूत हुन्छ । धेरै तरंगीत छ कविको मन । उकुसमुकुस भाव र विचारहरूलाई कवि प्रसन्नले निकै फरक शैलीबाट बोली दिएका छन् । कवि प्रसन्न सजिलो कवि लागेन मलाई । सरल र सहज हुनुपर्छ भन्ने चलेको ब्याकरणीय भनाईको विपरित उभिन दुस्साहस गर्ने कवि हुन् उनी तर धेरै किलिष्ट र अमूर्त पनि होइनन् । उनी अर्ध अमूर्त कवि हुन् र उनका कविताको रस लिन कम्तिमा दुई पटक पढनै पर्छ । कवितालाई गंभिरतापूर्बक लिने कविको छोटो लाममा कवि प्रसन्न घिमिरे पनि उभिन आइपुगेको छ, यस कविता सङ्ग्रहको प्रकाशन मार्फत । कवितामा प्रयुक्त भाव, बिचार, विम्ब, प्रतिक र विषयहरको सचेत प्रयोग र बिचारहरूका संगठनको सन्दर्भमा परिमार्जनलाई प्रशस्त स्थान छ ।

रोशन सेरचन



पाठकको प्रतिक्रिया
अन्य किताबहरू
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस