अप्रिल फुल बाँचिरहेछ देश

लेखक : प्रमोद सारंग
प्रकाशक : अ.ने.सा.स., नेपाल च्याप्टर
बितरक : नेशनल बुक सेन्टर, भोटाहिटी

प्रमोद सारंगको अप्रिल फुल बाँचिरहेछ देश चोटिला र धारिला एवं सौन्दर्य शास्त्रलाई सामीप्यमा गाँस्ने सरल शैली र प्रयोगले रचिएको गद्य कविताहरूको संग्रह हो । प्रस्तुत कविताहरूमा युगीन यथार्थको प्रकटीकरण, जीवनबोधी चेतना, अनुभूतिहरूसंगै कविको समय, जगत र परिवेशको यथार्थता पाइन्छ । शैली र प्रयोगका हिसावले यस कवितासंग्रहका कविताहरू सरल र गम्भीर छन् । समाजका विसंगती, अभाव, आशंका, हार्दिकता, प्राकृतिक रम्यता, कोमलता, जीवनदर्शन र व्यंग्यात्मक प्रस्तुति नै कविको विशेषता हो ।  —बैरागी काईँला


(पुस्तकभित्रकै एउटा कविता)

मूलाहरू

मूलाहरू बजारमा बिक्छन्
मूलाहरू अचारमा बिक्छन्
मूलाहरू कुर्सीमा बिक्छन्
मुलाहरू फसीमा बिक्छन्
मूलाहरू नबिक्ने ठाउँनै छैन
मूलाहरू सबैतिर बिक्छन् ।

के—के गर्छु भन्थे मूलाहरू
मूलाहरू व्यर्थै उफ्रिन्छन्, पछारिन्छन्
मूलाहरु अन्धाधुन्ध दौडिन्छन्
मूलाहरु हल्लैहल्लामा हिँड्छन्
गर्ने कोही होइन
तर, के—के न गर्छु भन्थे मूलाहरू ।

के लछारपाटो लाए ?
मूलाहरू गाँजरलाई धोका दिन्छन्
मूलाहरु काँक्राभन्दा तगाडा छौँ भन्छन्
मूलाहरू लौकाको सपना देखाउँछन्
मूलाहरू....!

मूलाहरू जगाभावी डकार्छन्
मूलाहरु घरमा, सडकमा—सभामा र कार्यालयमा
गनाउँछन्
मूलाहरू देखासिकी गर्छन्
मूलाहरूलाई शरम नै छैन
मूलाहरू आँफैलाई जरा गाडेर
अर्कै ड्याङको दर्जा माग्छन्
मूलाहरु हरबखत धाक दिन्छन्
तर, यी मूलाहरु किन यसरी सप्रेका छन् ?
मूलाहरू.....!










पाठकको प्रतिक्रिया
अन्य किताबहरू
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस