इजलासमा लाहुरे फूल

लेखक : निष्प्रभ सजी
प्रकाशक : नेपलिज एसोसिएसन अफ क्विन्सल्यान्ड
बितरक : साझा प्रकाशन

प्रकाशन: २०६७
पृष्ठ: ९७
मूल्य : रु. १५० / $5


“इजलासमा लाहुरे फूल” निम्न स्थानहरूमा उपलब्ध छ ।

१) साझा प्रकाशन का सबै बितरण केन्द्रहरूमा
२) पाँच पोखरी बुक स्टोर, काठमाडौँ
३) गोरखापत्र बाजेको पुस्तक पसल, पोखरा

 

सजीको प्रस्तुत कवितासङ्ग्रह 'इजलासमा लाहुरेफूल' ले थोरै मात्र पनि कवितामा रुचि राख्नेहरूलाई सरल भाषामा काव्यात्मक भावनाका प्रशस्त खुराक प्रस्तुत गरिदिएको छ

-मधुपर्क जेठ, २०६८

 

.परिचित उक्ति पद्धति र अनुभूत परिवेशलाई सिर्जनात्मक काव्यिक विषय बनाउँने 'सजी'का कविताको एक बलियो बिशेषता हो । उनको पहिलो कविता संग्रह "भूपरिवेष्टित खुट्टाहरु"मा देखिएको एक युवा कविको सिर्जनात्मक रचनापद्धति यस संग्रहमा आएर बढी परिपक्क भएको छ । सहज बिम्ब चयन र तिनको सरल प्रयोग गरेर काव्यिक प्रभाव सिर्जना गर्नु सजीका कविताको बिशेषता हो । 

- डा. अभि सुबेदी



” इजलासमा लाहुरे फूल भित्र सहरहरु छन्, गाउँहरु छन्, आमाहरु छन्, सन्तानहरु छन्, भुन्टेहरु छन्, माझीहरु छन्, जूनहरु छन्, घामहरु छन्, फूलहरु छन्, तृष्णाहरु छन्, सर्पहरु छन्, सपनाहरु छन् । इजलासमा सौन्दर्यहरु छन्, घाउहरु छन्, घरहरु छन् र सम्बन्धहरु छन् । उनी समकालिन विश्वास र समकालिन चेतनाले ओतप्रोत छन् ”। 

-सरुभक्त

पाठकको प्रतिक्रिया
अन्य किताबहरू
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस