रविन्द्र मिश्रका कविता

लेखक : रविन्द्र मिश्र
प्रकाशक : फाइन प्रिन्ट
बितरक : फाइन प्रिन्ट

 

 

(पुस्तकभित्रको एउटा कविता)

 

म पत्रकार हुँ


हरेक दिन
सूर्य
पहेंला निर्जीव आंखा लिएर उदाउँछ
र मेरो दिन लाशहरू गन्दै शुरू हुन्छ
मेरो मुटु बालुवा भरेको बोरा जस्तै भैसक्यो
गोली नै हान्दा पनि
दुख्दै दुख्दैन

निश्चय पनि
मलाई रडाको र रगतसंग डर लाग्छ
तर मलाई सुस्त विहानी मन पर्दैन
बालुवा भरेको बोरामा
जति बलियो प्रहार हुन्छ
त्यति नै मेरो दिनको सुन्दर सुरूवात हुन्छ --
म शान्तिमा नायक बन्नै सक्दिनँ

हामी सबै दुखमा मौलाउँछौं:
बिरामीको पीडामा डाक्टर
मुद्दामामिलामा कानुनकर्मी
वियोगमा पत्रकार

हरेक दिन
धमिला नदीमा
गाडा रातो रंग छर्किंदै सूर्य अस्ताउंछ
कसलाई के मतलब
म सफलताको सास फेर्दै दिन टुङ्ग्याउंछु

मेरो मुटु त धड्किन्छ
तर म मरिसकें
के तिमीलाई थाहा छैन ?
म पत्रकार हुँ ।

पाठकको प्रतिक्रिया
अन्य किताबहरू
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस